site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । स्मार्ट सवारी लाइसेन्स लिनको लागि यातायात व्यवस्था विभागमा आफ्नो पूर्ण विवरणसहित फारम भर्नुभएको छ ? छ भने तपाईंको सबै व्यक्तिगत विवरण अहिले भारतको एक कम्पनीको कब्जामा पुगेको छ । नेपालको स्मार्ट लाइसेन्स भारतको मद्रास सेक्युरिटी कम्पनीले छाप्ने र विवरण नेपालमा नै भरिने भए पनि सम्पूर्ण रेखदेख भारतीय कम्पनीले नै गर्ने भएकाले यस्ता विवरण भारतको अधिनमा पुगेको हो ।

स्मार्ट लाइसेन्स लिन चाहनेले यातायात व्यवस्था कार्यालयमा गएर आफ्नो विस्तृत विवरण पेस गर्नुपर्छ । सो आवेदनअनुरूप नेपालले मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स माग्छ । पहिले सम्पूर्ण लाइसेन्स नै उतै छपाइ भएर आउने भए पनि विगत केही समयदेखि त्यस्तो स्मार्ट लाइसेन्समा विवरण भर्ने कार्य भने स्थानीय रूपमा नै हुँदै आएको छ ।

तर, नेपालले छापेको लाइसेन्सको सम्पूर्ण विवरण भने स्मार्ट लाइसेन्स वितरण गर्ने प्रणालीको मुख्य सर्भर मद्रास सेक्युरिटी प्रिन्टर्सको कार्यालयमा पुग्ने स्रोतले जानकारी दियो । यातायात व्यवस्था विभागले यसलाई सामान्य रूपमा लिए पनि विज्ञहरु भने यसले राष्ट्रिय सुरक्षामा नै असर पु¥याउन सक्ने बताउँछन् ।

KFC Island Ad
NIC Asia

विभागले भने स्मार्ट कार्ड प्रिन्ट गर्ने काम विभागले नै गर्ने गरेको र भारतीय कम्पनीले सफ्टवेयर मात्र बनाएको दाबी गरेको छ ।

विभागले ०७२ मंसिर १४ गतेबाट स्मार्ट सवारी चालक लाइसेन्स वितरण गर्न थालेको छ । विभागको तथ्यांकअनुसार हालसम्म २५ लाख नेपालीले दुईपांग्रेदेखि नेपालमा चल्ने विभिन्न खालका यातायातका साधन चलाउने लाइसेन्स लिएका छन् । तीमध्ये १ लाख ६० हजार ‘स्मार्ट’ छन् ।

Royal Enfield Island Ad

विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार कागजको परम्परागत सवारी चालक अनुमतिपत्रलाई विस्थापन गरेर स्मार्ट कार्डको नयाँ प्रविधि सुरू गरिएको हो ।

स्मार्ट लाइसेन्स लिनेमा सुरक्षा निकायका उच्च अधिकारी, सरकारी अधिकारीसहित सर्वसाधारणसम्म छन् । उनीहरू सबैको औंठा छापदेखि तस्बिरसहितको विवरण भारतीय कम्पनीलाई सुम्पिइने गरेको छ ।

एक प्रहरी अधिकृत भन्छन्, “स्मार्ट लाइसेन्स लिनु भनेको त घातक रहेछ । हस्ताक्षरदेखि फोटोसहितको विवरण भारतीय कम्पनीमा सुरक्षित हुँदा भोलि त्यसको दुरुपयोग नहोला भन्न सकिँदैन । यो कुरा सरकारले विचार गर्नुपर्ने हो । के हेरेर सम्झौता गर्‍यो ?’’

विभाग प्रवक्ता पाण्डे भने स्मार्ट लाइसेन्स लिने सबै नेपालीहरूको विवरण भारतमा सुरक्षित रहेको भन्ने कुराको खण्डन गर्छन् । उनले भने, “बायोमेट्रिक्स डिटेलसहितको व्यक्तिगत विवरण देशबाहिर जाँदैन, हामीसँगै सुरक्षित हुन्छ । दिनमा एक हजारको हाराहारीमा लाइसेन्स प्रिन्ट हुन्छन् । अब हामीले यो सेवालाई काठमाडौंबाहिर पनि लैजाने तयारी गरेका छौं ।”

पाण्डेले नेपालीको विवरण बाहिर नजाने भनेता पनि यसको सफ्टवेयर बनाउने कम्पनी भारतीय भएको र उसको पहुँच नेपालको डेटा सेन्टरमा हुनैपर्ने भएको कारणले यस्ता विवरण भारत नजाने भन्नु गलत भएको यायायात व्यवस्थाका एक कर्मचारीले बाह्रखरीलाई बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७३  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro