site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
हिमालयन क्षेत्रमा गल्फको पहिलो अनुभवः नरिन्टोर्न सुकासियम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । थाइल्याण्डका गल्फ खेलाडी नरिन्टोर्न सुकासियमले बाह्रखरी गल्फले आफ्नो गल्फ करियरमा बेग्लै अनुभव दिलाएको बताएका छन् । बिहीबार विश्वकै सबैभन्दा उचाइमा बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता अन्तर्गत थप खेलाडीहरुले सहभागिता जनाएका थिए । चार हजार दुई सय पचास मिटरको कोङ्दे रीमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।

“हिमाली क्षेत्रमा पहिलो पटक खेलेको गल्फ धेरै राम्रो भायो । मेरो हालसम्मको गल्फ करियरमा यो अविश्मणीय क्षण हुनेछ । यो प्रतियोगितामा सहभागी हुन पाउँदा धेरै खुसी लागेको छ । यो प्रतियोगिता धेरै महत्वपूर्ण रहेको छ । पर्यटक प्रवर्द्धन र गल्फ प्रतियोगिता दुबैका हिसावले हेर्दा यो अविष्मरणीय रहेको छ,” नरिन्टोर्नले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ आयोजना भएको प्रतियोगितामा यसअघि १४ खेलाडी र दुई जना विदेशी खेलाडीले पनि सहभागिता जनाइ सकेका थिए । “यति अग्लो स्थानमा मैले गल्फ खेलेको पहिलो पटक हो । पहिलो सहभागितानै सम्झन लायक रहेको छ । फेरि आउने अवसर मिलेमा सहभागी हुनेछु,” उनले भने ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement