site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालुवाटारबाट पक्राउ परेका महरालाई सिंहदरबारमा राखिने

काठमाडौं । जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बालुवाटारबाट पक्राउ परेको छ । महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ गरिएको हो । 

प्रहरी स्रोतका अनुसार महराले प्रहरीको गाडीमा जान अस्वीकार गरेका थिए । महराको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, “म आफ्नै गाडीमा जान्छु । प्रहरीको अनुसन्धानलाई सघाउँछु । मेरै गाडीमा प्रहरीलाई पनि बसाउनुस् ।”

महराको प्रस्तावलाई प्रहरीले स्वीकार गरेको थियो । सिंहदरबार वृत्तमा राखिने महरालाई परिसर काठमाडौंले मुद्दा प्रक्रियामा अगाडि लैजानेछ । महरालाई पक्राउ गर्न प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त बानेश्वरको टोली निवासमा पुगेको थियो ।  

महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आज अनुमति दिएपछि उनी आजै पक्राउ परेका हुन् । महराविरुद्ध पीडित महिलाले गएको शुक्रबार बानेश्वर प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro