site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टी र सरकारमा भागबण्डा मिलाउन देउवालाई हम्मेहम्मे
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी पदाधिकारी र सरकारमा सहभागी हुनेहरूको भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ ।
पार्टी पदाधिकारी र सरकारमा सहभागी हुने आकांक्षी बढी भएपछि देउवालाई भागबण्डा मिलाउन अप्ठेरो परेको हो ।
“महाधिवेशनमा सहयोग गरेका, पार्टीमा योगदान पुर्याएका, पौडेल पक्ष सबैलाई मिलाउनुपर्दा केही अप्ठेरो भएको छ,” देउवा निकट एक नेताले बाह्रखरीसँग भने,“तर सबैलाई उचित सम्मान गर्ने तयारी छ ।”
देउवाले आफू निकट रहेका विमलेन्द्र निधिलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी गरेका छन् ।
निधिले उपसभापतिमा पनि आफूलाई मनोनित गर्नुपर्ने सर्त अघि सारेको स्रोतले बतायो ।
महामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण लगायतका नेताहरू आकांक्षी रहेको स्रोतले जानकारी दियो ।
आफ्नै पक्षमा देखिएका नेताहरूलाई मिलाउन देउवालाई अप्ठेरो परेको स्रोतले जानकारी दियो ।
“पूर्णबहादुर खड्काले सरकारमा नजाने तर आफूले महामन्त्री नछाड्ने अडान राख्नुभएको छ,” स्रोतले भन्यो,“ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणले पनि महामन्त्रीमा दाबी गर्नुभएको छ ।”
उता पौडेल पक्षले कांग्रेसले पाउने १३ मन्त्रालय मध्ये ६ आफ्नो पक्षले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
तर, देउवाले तीनभन्दा बढी दिन नसक्ने अवस्था देखिएको स्रोतले बतायो । “पौडेल पक्षधरले पनि १३ मन्त्रालयमा ६ पाउनुपर्ने दावी गरेको छ,” स्रोतले भन्यो,“त्यहाँभित्र पनि रामचन्द्र पौडेल, प्रकाशमान सिँह, रामशरण महतले सिफारिस गरेका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने अवस्था देखिएको छ ।”
महाधिवेशनमा सहयोग गरेका खुमबहादुर खड्कालाई यसअघि नै उपसभापति बनाउने प्रतिवद्धता जनाएका देउवाले अहिले उनलाई केही नबनाउँदा पार्टीमा अप्ठेरो अवस्था आउन सक्ने भएकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा आफू निकटका नेताहरूसँग छलफल गरेको स्रोतले बतायो ।
 
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १९:२८
प्रतिक्रिया दिनुहोस्