site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप छनोटमा नेपाललाई पहिलो जित निकाल्ने अवसर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा कुवेतसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीबीचको खेल ताईपे स्टेडियमका नेपाली समयअनुसार आज ४ः५५ मा सुरु हुनेछ ।
पहिलो खेलमा पराजित भएको नेपालका लागि ताईपेसँगको खेल अवसरका रुपमा रहनेछ । यसअघि नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसँग १–१ गोलको बराबरी खेलेको थियो ।

विश्वकप छनोटको दोस्रो खेलमा नेपाल जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । ताईपे नेपालभन्दा तुलनात्मक रुपमा केही बलियो टोली हो । फिफा वरीयतामा नेपालभन्दा ताईपे माथि छ । चाईनिज ताईपे वरीयताको १ सय २५ औँ स्थानमा छ । नेपाल १ सय ६६ औँ स्थानमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार भएको प्रि म्याच कन्फेरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले ताईपेसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । उनले कुवेतविरुद्ध भएको खेलमा जस्तै कमजोरीहरु नदोहोरिने बताए ।

“केही कारणले हामी कुवेतसँग पराजित भयौँ । हामी पुनः उत्कृष्ट अवस्थामा आउने छौँ । हामीलाई थाँहा छ, कहाँ हाम्रो कमजोरी भयो । सोहि पक्षलाई हामी सुधार गर्नेछौँ । हामी पुरानै अवस्थामा जान आवश्यक छ । हाम्रो कुवेतसँग भएको कमजोरी चाइनिज ताइपेविरुद्धको खेलमा दोहोरीने छैन,” कालिनले भने ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  ०९:२८
प्रतिक्रिया दिनुहोस्