site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तरुण दलमा चर्कियो विवाद, महासचिव भन्छन्– जागरण अभियान नौटंकी
Sarbottam CementSarbottam Cement

काठमाडौं । मातृ पार्टी नेपाली कांग्रेस देशव्यापी जागरण अभियानको तयारीमा होमिएका बेला भ्रातृ संस्था नेपाल तरुण दलमा भने विवाद उत्पन्न भएको छ । चार सदस्यीय केन्द्रीय कार्यसमितिमा सीमित तरुण दलमा मातृ पार्टीको जागरण अभियानलाई लिएर विवाद देखिएको हो । 

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पार्टीको दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरण अभियान’लाई सफल बनाउन जिल्ला कार्यसमितिलाई परिपत्र गर्दा महासचिव भुपेन्द्रजंग शाही भने जागरण अभियानको विरुद्धमा देखिएका छन् । 

शाहीले भदौ २४ गते वीपी जयन्तिको अवसर पारेर देशव्यापी रुपमा एकसाथ सुरु हुन गइरहेको जागरण अभियानलाई ‘नौटंकी’को संज्ञा दिएका छन् । उनले जागरणमा जानुभन्दा अगाडि तरुण दलसँगै केन्द्रीय कार्यसमितिविहीन रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिन माग गर्दै जागरण अभियानको डंका फुक्नुको कुनै औचित्य नभएको दाबीसमेत गरेका छन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

“भ्रातृ सस्थाका केन्द्रीय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्वबाट पार्टी जागरणको डंकामात्र फुकेर केही औचित्य नहुने म प्रष्ट पार्न चाहन्छु,” शनिबार विज्ञप्ति जारी गरेर महासचिव शाहीले भनेका छन्, “तरुण दललाई चार जनामा सीमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीका लागि लाजमर्दो विषय हो । केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नु नौटंकीमात्र हो ।”

उनले आइतबार पार्टीको दोस्रो चरणको जागरण अभियानको सन्दर्भ नजोडिकनै जिल्ला कार्यसमितिहरुलाई परिपत्रसमेत गरेका छन् । महासचिव शाहीले जिल्ला कार्यसमिति र विदेशस्थित कार्यसमितिहरुलाई गरेको परिपत्रमा वीपी जयन्तिका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न निर्देशन दिए पनि जागरण अभियानका बारेमा केही बोलेका छैनन् ।  

Global Ime bank

उनले जारी गरेको दुईबुँदे परिपत्रमा ‘वीपी जयन्ति भाद्र २४ गते वृक्षरोपण, फलफूल वितरण, सरसफाईलगायत जिल्ला कार्यसमितिले आवश्यकताअनुसार विभिन्न कार्यक्रम गर्ने’ र ‘भ्रष्टाचारमुक्त नेपाल–सुशासनयुक्त नेपाल अभियानअन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा अहिले देखिएको चरम भ्रष्टाचारको विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने’ भनिएको छ । 

यसअघि पार्टीले जागरण अभियानको औपचारिक घोषणा गरेको भोलिपल्ट अर्थात् भदौ २० गते अध्यक्ष बस्नेतले परिपत्र जारी गर्दै जिल्ला कार्यसमिति र विदेशस्थित कार्यसमितिहरुलाई वीपी जयन्तिका अवसरमा सुरु हुन गइरहेको जागरण अभियानको उद्घाटन समारोहलाई भव्य र व्यापक बनाउन निर्देश्न दिएका थिए ।  

अध्यक्ष बस्नेतको चार बुँदे परिपत्रको पहिलो बुँदामा ‘नेपाली कांग्रेस पार्टीद्वारा त्यस जिल्लाका सबै तहमा मनाइने १०६ औं वीपी जयन्ति एवं हिपतम कार्यक्रमको उद्घाटन समारोहलाई भव्य र व्यापक बनाउन त्यस जिल्लाका सम्पूर्ण तरुणहरुलाई परिचालन गर्ने–गराउने’ भनिएको छ । 

उनले जागरण कार्यक्रम अवधिभर जिल्ला कार्यसमिति र मातहतका सम्पूर्ण समितिहरुलाई जागरण कार्यक्रम सफल पार्न क्रियाशील गराई व्यापक रुपमा तरुणहरु परिचालन गराउन पनि परिपत्रमार्फत् निर्देशन दिएका थिए । अध्यक्ष बस्नेतले विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरेर वीपी जयन्ति भव्य रुपमा मनाउन र जागरण अभियान अवधिभर पार्टीले जिल्लामा गर्ने गतिविधिहरुको जानकारी प्रतिवेदनको रुपमा पार्टी केन्द्रीय कार्यालयमा पठाउन पनि भनेका थिए । 

अध्यक्ष बस्नेतले परिपत्र गरिसकेको अवस्थामा फेरि छुट्टै परिपत्र गर्नुको कारणका विषयमा प्रतिक्रिया लिन खोज्दा महासचिव शाहीले कुनै प्रतिक्रिया दिन मानेनन् । 

कांग्रेसले भदौ २४ गतेबाट जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्न लागेको छ । कांग्रेसले जागरण अभियानको अन्तिम दिन असोज ७ गते ७७ वटै जिल्लामा बढ्दो महँगी, वाइड बडी, न्यारो बडी लगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका विभिन्न विधेयक र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनविरुद्ध विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !