site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फिचर फिल्मतिर दर्शकको आकर्षण बढाउने प्रयासः प्रणय लिम्बू

काठमाडौं । बुधबार काठमाडौंको कुमारी हलमा पछिल्लो समय हलमा आइरहेका चलचित्र भन्दा केही अलग धारमा बनेको चलचित्र ‘द स्पन्सर’ को विशेष प्रिमियर शो सम्पन्न भयो । ‘द स्पन्सर’ लाई प्रणय लिम्बूले निर्देशन गरेका हुन् भने रुद्रबहादुर गुरुङले निर्माण गरेका हुन् ।

पछिल्लो समय कमेडी, लभ, रोमान्स आदि जानरामा चलचित्रहरु बनिरहेका छन् । तर ‘द स्पन्सर’ हेरेपछि दर्शकले केही अलग चलचित्र हेर्न पाएकोमा आनन्दित महसुस भएको र चलचित्र निर्माण सिल्पको तारिफ गरेकोमा निर्देशक लिम्बू उत्साहित छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डेढ महिनापछि चलचित्र आम दर्शकका लागि हलमै रिलिज गर्ने सोचमा रहेका निर्देशक लिम्बू चलचित्र बुझ्ने एक समूहबाट राम्रो प्रतिक्रिया पाए पनि केही डरमा छन् । “एक प्याटर्नको मात्रै चलचित्र हेरिरहेका हाम्रा नेपाली दर्शकका लागि यस्तो चलचित्र हेर्न बानी छैन । यही कारण उहाँहरुले त्यति नरुचाइदिने हो कि भन्ने डर छ,” उनले भने ।  

चलचित्र काठमाडौंका मल्टिप्लेक्समा रिलिज गर्ने र त्यसपछि पाएको प्रतिक्रियाबाट मोफसल पनि जाने तयारी निर्माण टिमको छ । ‘द स्पन्सर’ सुनसरी र सप्तरीमा रहेका निम्नवर्गीय परिवारका छोराछोरीहलाई विदेशबाट स्पन्सरको रुपमा आउने केही सहयोगको बारेमा रहेको छ ।

निर्देशक लिम्बूले यो चलचित्र सहयोगका नाममा गरिबको नाममा गरिबको भावना र त्यहाँको सामाजिक भाष्यमाथि खेल्ने, गरिबी र जोखिममा रहेका कौशिकी जस्ताहरुलाई संरक्षण गर्ने केही एनजीओहरुलाई र सहरी मध्यवर्गीय सोच माथि चोटिलो व्यंग्य भएको बताए । “मलाई थाहा छ यो चलचित्र हलमा रिलिज गरेर हामीले रिस्क लिइरहेका छौं । दर्शकलाई यस्ता चलचित्रको महत्व बुझाउन समय लाग्ने छ । तर पैसा कमाउने भन्दा पनि दर्शकलाई अफ ट्रयाकका चलचित्रतर्फ पनि आकर्षित गर्र्नु हाम्रो उद्देश्य हो ।”

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १४:१२
प्रतिक्रिया दिनुहोस्