site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आन्विकाका दुई बाल पुस्तक बजारमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यकार आन्विका गिरीद्वारा लिखित दुई बाल पुस्तक ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ विमोचन गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा, राजनीतिज्ञ सरिता गिरी, डा. अरुणा उप्रेती र आन्विका गिरीले संयुक्त रुपमा पुस्तक विमोचन गरे । 

गिरीको बाल साहित्य लेखनमा यो चौथो र पाँचौं कृति हुन् । ‘सानीको ज्ञानी कुरा’मा बालबालिकाहरुलाई यौन दुर्व्यवहारको बारेमा बुझाइएको छ । अर्को पुस्तक ‘आमाले सक्नुहुन्छ’मा बालबालिका विशेषगरी कक्षा ५ र सो भन्दा माथिका विद्यार्थीहरुलाई कथाको माध्यमबाट लिङ्ग (जेन्डर) को बारेमा बुझाउन खोजिएको छ  ।

कार्यक्रममा डा. अरुणा उप्रेतीले ‘सानीका ज्ञानी कुरा’ र राजनीतिज्ञ सरिता गिरी तथा डा. केदारभक्त माथेमाले ‘आमाले सक्नु हुन्छ’ पुस्तकका बारेमा बोलेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १२:३९
प्रतिक्रिया दिनुहोस्