site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हजार जुनीसम्म बिहीबार नै रिलिज

काठमाडौं । जनैपूर्णिमाको मौका छोपेर नेपाली चलचित्र हजार जुनीसम्म रिलिज गरिएको छ । पारिवारिक र प्रेम कथामा आधारित भनिएको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत नवनायक अखिलेस प्रधानलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको प्रमोशनका रुपमा रिलिज गरिएका पोस्टर, गीत लगायत ट्रेलरमा दर्शकलाई कसको जोडी को हो त भन्ने सस्पेन्स तथा कन्फुयजन पैदा गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार बाहेक अरु दिन नेपाली तथा बलिउड कुनै पनि चलचित्र रिलिज गर्न नपाउने विकास बोर्डले भनिरहँदा ‘हजार जुनीसम्म’ भने बिहीबार नै रिलिज भएको छ ।

चलचित्रलाई विकासराज आर्चाले निर्देशन गरेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहको चलचित्रमा विशाल चाम्लिङको लगानी रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १७:४५
प्रतिक्रिया दिनुहोस्