site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसका रिक्त संरचना सहमतिमा गठन गर्न संस्थापन लचक, निर्वाचनमा जानुपर्ने इतर समूहको माग 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीका रिक्त संरचनाहरु सहमतिमा गठन गर्न लचक देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश भएको १४ औं महाधिवेशन बारेको औपचारिक छलफलमा संस्थापन पक्षले लचक हुने संकेत देखाएको हो । तर, संस्थापन इतर पक्षले भने निर्वाचनमै जानुपर्ने माग राखेको छ ।

वर्षाका कारण स्थगित भएर बिहीबारबाट पुन: सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक रुपमा आगामी महाधिवेशनको छलफलले प्रवेश पाएको छ । बिहीबारको बैठकमा छलफलमा भाग लिएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले रिक्त संरचनाहरु सहमति गरेर गठन गर्नुपर्नेमा जोड दिएका छन् । 

मुलुक संघीयतामा गए पनि कांग्रेस भने पुरानै संरचनामा छ । 

‘‘संस्थापन पक्ष तल चुनाव नगरेरै मिलाउने लाइनमा छ । छ महिनामा चुनाव गर्ने ? कसरी सम्भव हुन्छ ? भनेर धारणा राख्नुभयो,’’ वैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । 

बिहीबारको बैठकमा महाधिवेशनसम्बन्धी धारणा राखेका संस्थापन इतर समूहका नेताहरुले भने निर्वाचनबाटै रिक्त संरचनाहरुलाई पूर्णता दिनुपर्ने बताएका छन् । संस्थापन इतरबाट केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी,  चन्द्र भण्डारीले धारणा राखको थिए । 

स्रोतका अनुसार केन्द्रीय सदस्यद्वय बडू र जोशीले रिक्त संरचनाको पदपूर्ति गर्दा विधानमा गरिएको संक्रमणकालीन प्रबन्धलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । तर, अर्का केन्द्रीय सदस्य आचार्यले भने छलफलका क्रममा चुनावको प्रसंग भने निकालेनन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वासपात्रमध्येका एक आचार्यले छलफलका क्रममा निर्वाचनका बारेमा कुनै कुरा नै नगरेपछि कांग्रेसको तेस्रो धार सिटौला समूह भने सशंकित देखिएको छ । सो समूहले रिक्त संरचनालाई पूर्णता दिने सन्दर्भमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई मिलाइसकेको आशंका गरेको छ ।   

‘‘रिक्त संरचनाहरु सहमतिमै गठन गर्ने भनेर उहाँ (संस्थापन पक्ष) हरुले रामचन्द्र दाइलाई पनि मिलाएको हो कि भन्ने जस्तो पनि देखियो,’ नेता कृष्णप्रसाद सिटौला निकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँ (पौडेल समूह) हरुको कुरा कडा थिएन । सहमतिमा लाँदा राम्रो नभए वैधानिक जे प्रबन्ध हो त्यही ठिक हो भन्ने लाइनमा कुरा आयो ।’

केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro