
काठमाडौं । कार्यक्रम सिर्जना संवादमा यस पटक प्रकाशप्रसाद उपाध्यायको व्यङग्य निबन्धहरूको संग्रह ‘छेउ न टुप्पो’ माथि अन्तरक्रिया गरिएको छ । काठमाडौंमा विहिबार आयोजित कार्यक्रममा ‘छेउ न टुप्पो’माथि विभिन्न व्यक्तिले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा भाषाविद् शरदचन्द्र वस्तीले पुस्तकमा लेखक उपाध्यायको अनुभव, भावना र मनोविज्ञान प्रस्तुत भएको बताए । उनले व्यङग्य दुई धारी तरबार भएको उल्लेख गरे ।
लेखक प्रकाशप्रसाद उपाध्यायले आफूले ४२ वर्ष अल इण्डिया रेडियोमा काम गर्दा भोगेका विविध सन्दर्भलाई व्यङग्य निवन्धका माध्यमबाट प्रस्तुत गरेको बताए । प्रा.तिर्थराज वन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा सनतकुमार वस्ती, कुमार रञ्जित, प्राडा जीवन अधिकारी, उर्मिला पन्त, शान्ति शर्मा, रमेशानन्द बैद्य, मदनराज थापालगायतले बोलेका थिए ।
सिर्जना सम्वाद कार्यक्रम काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपले हरेक महिनाको पहिलो विहीबार आयोजना गर्दैआएको छ ।