
काठमाडौं । बलिउड अभिनेत्री राधिका आप्टेको अपकमिङ फिल्म ‘द वेडिंग गेष्ट’मा रहेको एक सेक्स सिन लिक भएको छ । र आप्टेले यसको कारण हाम्रो समाजको मानसिकता भएको बताएकी छिन् । माइकल विन्टरबटमको निर्देशनमा बनेको फिल्ममा राधिका बाहेक देव पटेल पनि मुख्य भूमिकामा छन् ।
उता सिन अहिले अनलाइनमा भाइरल भैरहेको छ । भाइरल भिडियोमा उनी र देव पटेल दुबै भएपनि क्याप्सनमा राधिका आप्टेको भिडियो भनेर लेखिएकोमा आक्रोश पोखेका छन् ।
उनले तल्लो मानसिकता भएको समाजले अभिनेत्रीलाई भन्दा अभिनेतालाई प्राथमिकतामा राखेको बताउन खोजेका छन् ।
यो फिल्म एक ब्रिटिस मुस्लिम पुरुष (देव पटेल) को पाकिस्तानदेखि भारतसम्मको यात्राको बारेमा रहेको छ । बलिउड अभिनेत्रीहरु यस्तो सिन गर्न त्यति सहज नमाने पनि राधिका भने यस्तो सिन गर्न सहज महसुस हुने बताउँछिन् । एक अन्तर्वार्तामा बोल्दै उनले सानैदेखि देश विदेश घुमेर अन्तर्राष्ट्रिय फिल्म हेर्दै हुर्केकोले आफनो शरीरसँग कम्र्फटेबल महसुस भएको बताएकी छन् । सँगै उनले भारत र विदेशमा स्टेजमा प्रत्यक्ष रुपमै नग्न प्रस्तुतिहरु हेरेको पनि बताइन् ।