site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले सम्झायो पशुपति पुजारी प्रकरण– गुठीसम्बन्धी दृष्टिकोण नसच्याए सरकार ढल्न सक्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सनातन धर्मसंस्कृति र परम्परासँग जोडिएको गुठीसम्बन्धी दृष्टिकोण नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएको छ । पशुपतिनाथ मन्दिरका मूल भट्ट परिवर्तन गर्न खोज्दा तत्कालिन माओवादी नेतृत्वको सरकार ढलेको उदाहरण दिँदै कांग्रेसले धर्मसँगै जोडिएको गुठीसम्बन्धी दृष्टिकोण नसच्याए वर्तमान सरकार ढल्न सक्ने चेतावनी दिएको हो ।   

‘‘अघिल्लो एक पटकको कम्युनिस्ट सरकारको मलाई स्मरण छ– अध्यात्मसँग केन्द्रित एउटा थलोमा अनधिकृत ढंगले प्रवेश गर्यो । अन्ततः परिणाम सरकारका लागि सुखद् रहेन,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम नलिएरै भने, ‘‘कम्युनिस्ट सरकारले फेरि अर्को पटक त्यही विषयमा प्रवेश गरेको छ । सरकार सच्चिने दिशामा लागोस् ।’’

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दिरमा वर्षौंदेखिको परम्परालाई तोड्दै नेपाली मूल भट्ट नियुक्त गरेका थिए । भारतीय मूलका मूल भट्टलाई हटाएर नेपालीलाई मूल भट्टमा नियुक्त गरेपछि उनी आलोचित बन्न पुगेका थिए । चर्को विरोध र दबाबपछि प्रचण्डले आफ्नो उक्त निर्णय फिर्ता लिनुपरेको थियो । पशुपतिनाथ मन्दिरका मूल भट्ट परिवर्तनको निर्णय नै उनको सरकार ढल्नुको प्रमुख कारण मध्येको एक मानिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले गुठियारहरुसँग सरसल्लाह नै नगरी ल्याइएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक फिर्ता लिनुपर्ने आफ्नो माग फेरि दोहोर्याएको छ । परम्परा, धर्म, संस्कृतिका सम्बन्धमा स्थापित गुठीहरुको बारेमा सरोकारवालाहरुसँग विमर्श नगरी गुठियारहरुको भावनामा पुग्ने चोटको हेक्का नराखी विधेयक ल्याएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ । 

सरकार मुलुकलाई समृद्धिको दिशातर्फ उन्मुख गराउनुको साटो आफैं द्वन्द्व निम्त्याइरहेको पनि दाबी गरेको छ । ‘‘सरकारले मुलुकलाई जुन दिशामा जुन गतिमा समृद्धिको दिशामा आफूलाई प्रस्तुत गर्नुपथ्र्यो, त्योभन्दा अन्य विषयमा प्रवेश गरेर आफैं द्वन्द्व निर्माण गर्नतर्फ लागेको छ,’’ पार्टीले सञ्चालन गरेको पहिलो चरणअन्तर्गतको राष्ट्रिय जागरण अभियान र आगामी कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने । 

Global Ime bank

उनले सरकार विभिन्न धर्म प्रचारका लागि आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी हुन आपत्तिजनक भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले खाली विवादास्पद विश्वविद्यालयबाट एकमाथि अर्को विद्यावारिधि (पीएचडी) को पदवी थाप्नेतर्फमात्रै ध्यान दिएको प्रवक्ता शर्माको टिप्पणी थियो ।  

झण्डै दुई साताअघि प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको क्रिश्चियन धर्म प्रचारक काङ्नाम विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएका थिए । काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेसन–एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिभुवन विश्वविद्यालयसँग समझदारी (एमओयू) गरेको थियो । 

कांग्रेसले बिहीबार नै संघीय संसदअन्तर्गतका दुवै सदनका सांसद, काठमाडौं उपत्यकाबाट पार्टीको केन्द्रीय कार्यसमितिमा रहेका केन्द्रीय सदस्यसँगै उपत्यकाका तीन वटै जिल्लाका पार्टी सभापतिहरुसँग विधेयकका बारेमा छलफल गरेको छ । प्रवक्ता शर्माले उपत्यकामा उपलब्ध पदाधिकारीहरुले संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रियसभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेय, उपत्यकाका केन्द्रीय सदस्यहरु, काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ, ललितपुरका सभापति मदन अमात्य र भक्तपुरका सभापति दुर्लभ थापासँग गुठी विधेयकका बारेमा छलफल गरेको जानकारी दिए ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयकविरुद्ध कांग्रेस संसदमा आक्रामक रुपले प्रस्तुत हुँदै आएको छ । कांग्रेस केन्द्रीय कार्यालय, संसदीय दलले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर सरकारलाई गुठीसम्बन्धी विधेयक फिर्ता लिन यसअघि नै माग गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement