site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परिचय नखुलाएरै किसानका खेतबारी पुगेर पार्टीबारे धारणा बटुल्न केन्द्रीय प्रतिनिधिलाई कांग्रेसको निर्देशन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र लामै समय विवाद देखियो । सभापति शेरबहादुर देउवा र उनी निकटका नेताहरुबाहेकले यो सबै हारको जिम्मेवारी सभापतिले नै लिनुपर्ने अडान कायमै राखे तर देउवाले उक्त कुरा स्वीकार्न तयार भएनन् ।

देउवा निकट नेताहरुले भने टिकट वितरणका बेला भाडबण्डा खोजिएपनि हारको जिम्मेबारी पनि सोहीअनुसार नै लिनुपर्ने भन्दै आरोप प्रत्यारोपमा उत्रिएका कांग्रेस नेताहरु पार्टीभित्रका थुप्रै विवादलाई थाती राख्दै गाउँ गाउँ पुगेका छन् । तर यसलाई कतिपय कांग्रेस नेताहरुले सभापति देउवाले पार्टीभित्र देखिएको विवाद समाधान नगरी जागरण अभियान ल्याएर काम गरेको मात्रै देखाउन यसो गरेको बताएका छन् ।

वैशाख २५ गतेबाट जिल्ला र गाउँ तहसम्म पुगेका नेपाली कांग्रेसका प्रतिनिधिहरुले पार्टीका बारेमा तल्लो तहसम्म पुगेर प्रतिक्रिया लिइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जागरण अभियानका क्रममा विभिन्न १२ भाषामा जागरण गीत, स्वागत र विसर्जनबाहेक केवल तीन जनामात्रै वक्ता, आसन ग्रहणको पुरानो शैलीको अन्य, ठूला माला र ब्याज वितरणको प्रचलनको अन्त्य गरेर सभापति देउवा पार्टीभित्र र बाहिरका आफ्ना आलोचकहरुले आफूले पार्टी सञ्चालनको परम्परागत शैली परिवर्तनको गरेको सन्देश दिन खोजेका छन् ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरुलाई अनिवार्य रुपले एक महिनासम्म जिल्लामा बसेर सम्पादन गर्नुपर्ने कार्यक्रमहरुको सूची तयार पारेर कार्यभार सुम्पेको छ ।   जिल्ला पुगेका नेताहरुलाई दिइएको कार्यादेशको ६ नम्बर बुँदामा भनिएको छ, ‘‘जिल्ला कार्यसमितिको आयोजनामा पुराना अग्रज नेताहरुसँग पार्टीको समग्र सन्दर्भमा छलफलमा सहभागी भई महत्वपूर्ण सुझाव संकलन गर्ने ।’’ 

Global Ime bank

राष्ट्रिय जागरण अभियानका लागि जिल्ला–जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरुले जनतामा पार्टीका बारेमा रहेको अहिलेको धारणाका बारेमा अनौपचारिक रुपमा जानकारीसमेत संकलन गर्ने भएका छन् । ‘‘केन्द्रीय प्रतिनिधिहरुलाई परिचय नखुलाएरै चोक, चौतारो, किसानका खेतबारी, चिया बगानमा पुगेर उहाँहरुले कांग्रेसका बारेमा के भन्नुहुन्छ, कांग्रेसबाट के चाहनुहुन्छ भन्ने बारेमा कांग्रेसप्रतिको जनताको चाहना–अपेक्षा बुझ्नु हुन्छ,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।    

‘‘जनता कांग्रेसलाई के सुनाउन चाहन्छन् र कांग्रेसबाट के अपेक्षा राख्दछन्, निश्चित स्थानहरुमा सर्वेक्षण शैलीमा अनौपचारिक ढंगले विशेष संवाद प्रत्यक्ष रुपले सञ्चालन गर्ने,’’ केन्द्रीय प्रतिनिधिलाई दिइएको पत्रको ९ नम्बर बुँदामा भनिएको छ । उनीहरुलाई जिल्लामा रहेका पार्टी निकट बुद्धिजीवीहरुसँग पार्टीको छवि उच्च बनाउन आवश्यक पर्ने रणनीतिका बारेमा विशेष अन्तरक्रिया संयोजन गरेर प्राप्त सुझाव संकलन गर्न पनि भनिएको छ ।

कांग्रेसले केन्द्रीय प्रतनिधिहरुलाई पार्टीका सबै संरचनागत निकायहरुको बैठक नियमित रुपमा विधानतह बस्ने गरेको छ वा छैन, बैठक बसेको भए बैठकका निर्णय उतार गरेर ल्याउन र नबसेको भए नियमित बैठक बसाल्ने पद्धतिको विकास गर्न आवश्यक निर्देशन दिन पनि भनेको छ । उनीहरुलाई आफू प्रतिनिधि भएर गएको जिल्लामा पार्टीको भ्रातृ एवम् शुभेच्छुक संगठनहरुका गतिविधिका बारेमा जानकारी लिन र गठन हुन बाँकी रहेका तहमा दुई महिनाभित्रै संगठन विस्तार गर्ने गरी कार्यभार पूरा गर्न निर्देशन दिइएको छ । 

पत्रको ११ नम्बर बुँदामा ‘पार्टी आवद्ध भ्रातृ एवम् शुभेच्छुक संघ संस्थाहरुको उपस्थिति र गतिविधिहरुको बारेमा जानकारी लिई उक्त जिल्लामा रहेका भ्रातृ संघहरुको संरचना गाउँ–नगर वडा–नगर–उपमहानगर–महानगर–क्षेत्र तथा जिल्ला तहमध्ये कुनै तहमा गठन नभएको भए गठन गर्न लगाई दुई महिनाभित्र केन्द्रीय कार्यालयमा विवरण उपलब्ध गराउन आवश्यक निर्देशन गर्ने’ उल्लेख छ ।  

पार्टीले प्रतिनिधिहरुले जिल्लादेखि गाउँ कार्यसमितिहरुसँग भएको अचल सम्पत्तिको विवरण संकलन गरेर केन्द्रमा जानकारी दिनुपर्ने पनि कार्यभार पाएका छन् । ‘‘पार्टीको जिल्ला–क्षेत्र–महानगर–उपमहानगर–नगर–नगर वडा–गाउँ कार्यसमितिका आफ्नै जग्गा, भवन लगायतका अचल सम्पत्ति छन्–छैनन् ?,’’  पत्रको बँुदा नम्बर १३ मा भनिएको छ, ‘‘साथै कार्यालयमा टेलिफोन, फ्याक्स, कम्युटर, इमेल–इन्टरनेट, फोटोकपी मेसिनका साथै कार्यालय सचिव–सहयोगी व्यवस्था छ–छैन ? सोको विवरण संकलन गर्ने ।’’

कांग्रेसले जागरण अभियानका माध्यमबाट पार्टी र स्थानीय सञ्चार माध्यमबीचको सम्बन्ध पनि सुमधुर बनाउन चाहेको देखिन्छ । 

पार्टीले प्रतिनिधिहरुलाई स्थानीय सञ्चार माध्यमहरुसँगको सम्बन्धमा थप सुमधुर र सहयोगात्मक बनाउनका लागि आवश्यक पहल गर्न भनेको छ । प्रतिनिधिहरुलाई दिइएको पत्रको १४ नम्बर बुँदामा भनिएको छ, ‘‘पार्टीबाट भए गरेको कार्यहरुको स्थानीय सञ्चार माध्यमहरु (पत्रपत्रिका, एफएम, रेडियो इत्यादि) मा समाचार प्रकाशन–प्रशारण हुने गरेको छ कि छैन ? स्थानीय सञ्चार माध्यमहरुसँगको सम्बन्धमा थप सुमधुर र सहयोगात्मक बनाउनका लागि आवश्यक पहल गर्ने ।’’ 

सभापति देउवाले केन्द्रीय प्रतिनिधिहरुलाई सामाजिक सञ्जाललाई संस्थागत ढंगले पार्टीका कामहरुको प्रचारका लागि संयन्त्र निर्माण गर्न निर्देशन दिएको पत्रमा भेटिएको छ । ‘‘सामाजिक सञ्जालमा पार्टीका कामहरुको प्रचार गर्ने गरी संस्थागत ढंगले नै जिल्ला, क्षेत्र, गाउँ, नगर समितिले संयन्त्र निर्माण गरेका छन्, छैनन् अनुगमन गर्ने । संयन्त्र नबनाएको भए तत्काल बनाएर प्रभावकारी ढंगले कार्य गर्न निर्देशन दिने,’’ १५ नम्बर बुँदामा उल्लेख छ ।   

केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लाबाट फर्किएपछि जागरण अभियानको उपलब्धि र कमजोरीबारे व्यक्तिगत टिपोट गरेर समग्र कार्यक्रमको लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement