site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको काम एकातिर बाटो अर्कैतिर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुक संघीय व्यवस्थामा गएको झण्डै चारवर्ष पुग्नै लाग्दा पनि पुरानो दल नेपाली कांग्रेस पुरानै संरचनामा चलिरहेको छ । २०७२ असोज ३ मा संघीय संविधान जारी भएको पाँच महिनापछि १३ औं महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गरेको थियो । 

१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले झण्डै तीन वर्षपछि पार्टीको विधानलाई संघीय सरंचनामा लगेका छन् ।  तर पार्टीको सांगठनिक संरचनाले भने संघीय संरचना अनुसार पूर्णता पाउन सकेको छैन । 

विधानमा प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिको उपस्थितिमा प्रदेश कार्यसमिति गठन गर्ने व्यवस्था गरिए पनि कांग्रेसले उक्त व्यवस्थालाई कार्यान्वयन गर्न सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश कार्यसमिति गठनबारेको छलफलले कांग्रेसमा औपचारिक रुपमा प्रवेशसमेत पाउन सकेको छैन । कांग्रेसले प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट प्रदेश संयोजकसमेत तोकेको छैन ।

कांग्रेसले १३ औं महाधिवेशनबाट सात प्रदेशबाट दुईजनाको दरले १४ सदस्य निर्वाचित गरेको थियो । १२ औं महाधिवेशनसम्म कांग्रेसमा १४ अञ्चलबाट एक–एक जनाका दरले केन्द्रीय सदस्य निवार्चित हुने व्यवस्था थियो । कांग्रेसले विधान संशोधन गरेर संघीय संरचना अनुसार बुथदेखि केन्द्रसम्म आठ तहमा पार्टीको संगठन विस्तारको व्यवस्था गरेको छ । विधानमा गरिएको व्यवस्था अनुसार कांग्रेसले टोल (बुथ मतदान केन्द्र) कार्यसमिति, वडा कार्यसमिति, नगर–गाउँ कार्यसमिति, प्रदेशसभा क्षेत्र स्तरीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्र स्तरीय कार्यसमिति र प्रदेश कार्यसमिति गठन गर्न सकेको छैन । 

Global Ime bank

पार्टीका रिक्त संरचनाहरु अधुरै छोडेर कांग्रेस ७७ वटै जिल्लादेखि सात सय ५३ वटै स्थानीय तहसम्म पुग्ने गरी राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको छ । प्रदेश कार्यसमितिदेखि टोल कार्यसमितिसम्मका संरचना रिक्त रहेका बेला गरिन लागेको जागरण अभियानले पार्टीमा उर्जा भरिने नेतृत्वको महत्वकांक्षा देखिन्छ । तर, कांग्रेसकै नेताहरु विभिन्न संरचनाहरु रिक्त रहेका बेला सुरु हुन लागेको बेला गरिन लागेको जागरण अभियानले पार्टीमा जागरण भरिनेमा आशावादी भने देखिँदैनन् ।   

‘‘नेतृत्वले जागरण अभियानलाई नै ठूलो उपलब्धि ठान्नुभएको छ । यसलाई भयंकरै गरेको जस्तो सोच्नुभएको छ,’’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘‘यसले पार्टीमा ठूलै उथलपुथल ल्याउने र प्रतिपक्षीको भूमिका सशक्त देखिन्छ भन्ने हुँदै होइन ।’’ 

राष्ट्रिय जागरण अभियान सञ्चालन गरे पछि अरु केही गर्नै नपर्ने जस्तो मनोभावना सभापति शेरबहादुर देउवामा देखिएको टिप्पणी गर्दै ती नेताले रिक्त रहेका समिति पूर्ति गरेर अभियान सञ्चालन गर्दा पार्टीको हितमा हुने जिकिर गरे । 

पार्टीमा अहिले जागरण अभियना भन्दा पनि रिक्त संरचनामा नेतृत्व चयन गर्ने, भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गठन, नेपाल तरुण दलको कार्यसमिति पूर्णता र रिक्त रहेका विभिन्न विभागहरु गठनको आवश्यकता रहेको नेताहरुको भनाइ छ । 

‘‘अहिले गर्नुपर्ने काम संरचना फुलफिल हो, नेविसंघ गठन, तरुण दललाई पूर्णता, विभाग गठन हो,’’ जागरण अभियानले सोचे जस्तो परिणाम नदिने तर्क गर्दै अर्का केन्द्रीय सदस्यले प्रश्न गरे, ‘‘त्यो नगर्ने, संगठन संरचना ठिकठाक बनाएपछि गर्नुपर्ने काम अहिले गरे परिणाम कसरी दिन्छ ?’’ 

रिक्त रहेका संरचनामा जागरण अभियनाका क्रममा भेला–आमसभा गर्दा अध्यक्षता गर्ने व्यक्तिकै अभाव खट्किने ती नेताको भनाइ छ । ‘‘अभियानका क्रममा क्षेत्रीय भेला गर्ने भनेका छन्, कहाँ गएर भेला गर्ने ? प्रदेश क्षेत्रको भेला गर्ने भनेको छ, तल प्रदेश क्षेत्र नै छैन । पालिका समिति छैन, वडा समिति छैन । कहाँ गएर भेला गर्ने ? कसलाई अध्यक्ष भनेर बोलाउने ?,’’ उनको प्रश्न छ । 

कांग्रेसले तेस्रो चरणको जागरण अभियानका क्रममा स्थानीय तहमा केनद्रीय प्रतिनिधिहरु खटाएर भेला, आमसभा गर्ने तयारी गरेको छ ।

आगामी पुस ७ गते सुरु हुने तेस्रो चरणको १० दिने जागरण अभियान राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर समापन गरिने बताइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले देशभरका सात सय ५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधिहरु खटाएर तेस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने बताएका छन् । 

‘‘सात सय ५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्नु हुनेछ । १० दिन सम्बन्धित क्षेत्रमा बस्नु हुनेछ । निर्धारित कार्यक्रमहरु सम्पन्न गर्नु गराउनु हुनेछ,’’ राष्ट्रिय जागरण अभियान घोषणा गर्दा प्रवक्ता शर्माले भनेका थिए । 

कांग्रेसले भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर असोज ७ गतेसम्म दोस्रो चरण अन्तर्गत १५ दिने जागरण अभियान चलाउने छ । दोस्रो चरणको अभियानमा पनि कांग्रेसले तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रहरुमा केन्द्रीय प्रतिनिधि खटाएर कार्यक्रमहरु सम्पन्न गर्नेछ ।

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको कांग्रेसको जागरण अभियान पहिलो चरण अन्तरगत बैशाख २५ गतेबाट जेठ २५ सम्म चल्नेछ । यसअघि वैशाख ११ गतेबाट जेठ ११ गतेसम्म सञ्चालन हुने भनिएको पहिलो चरणको जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनका कारण पछाडि धकेलिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुमेको शाख फर्काउने उदेश्यका साथ सुरु गरिन लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाइ सकेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement