साहित्य

काठमाडौं । गायक प्रकाश सपूतले दोहोरी ब्याटल–२ लिएर आएका छन् । दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् ।
शब्द तथा संगीत पनि आफ्नै रहेको गीतमा स्वर प्रकाश स्वयम्को छ । फिमेल भोकलमा उनलाई प्रिती आलेले साथ दिएकी छन् ।
एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेका छन् ।
अहिलेको युवा पुस्तालाई लक्षित गरेर ब्याटल तयार पारिएको छ । सानासाना कुरामा हुने घरायसी झगडामा सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्ने पछिल्लो पुस्तालाई ब्याटलले ब्यङ्ग्य गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५ १०:४३
प्रतिक्रिया दिनुहोस्