site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाल ल्याटिन डान्स फियस्टा- २०१९ हुँदै

काठमाडौं । २०१६ देखि नेपालमा साल्सा डान्सको विकासमा लागिरहेको फोर्ट साल्सा स्ट्युडियोले ४ अप्रिलदेखि ७ सम्म दोस्रोपटक “नेपाल ल्याटिन डान्स फियस्टा २०१९” को आयोजना गर्ने भएको छ ।

हाल फोर्ट साल्सा स्ट्युडियोले मात्र  सुरु गरेको यस अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नेपालमा साल्सा डान्सको प्रचार, प्रबर्द्धन र  प्रोत्साहन  गर्न, अन्तर्राष्ट्रिय स्तरमा नै साल्सा डान्सलाई चिनाउन, साल्सा डान्सबाट नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउन र साँस्कृतिक पक्षलाई समेत आदानप्रदान गर्ने उद्देश्यले ल्याटिन डान्स फियस्टा सुरु गरिएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अघिल्लो वर्ष ३ दिने इभेन्ट सम्पन्न गरिसकेको आयोजकले यो वर्षको इभेन्टमा साल्सा डान्समा विश्व बिख्यात प्रशिक्षकहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कलाकारहरूको फरक साल्सा डान्सका कला, प्रशिक्षण, विभिन्न क्याम्पहरू, ५० औँ घण्टा बढीका वर्कसपहरू र ४ दिन सम्मचल्ने पार्टी तथा साँस्कृतिक आदानप्रदानका कार्यक्रमहरु इभेन्टको मुख्य आकर्षणको पक्षहरू रहेका छ्न ।

इभेन्टमा अमेरिका, फिलिपिनस, थाइल्याण्ड, चाइना, स्वीटजरल्याण्ड,भारत लगायत ३० देशका २०० जना व्यक्तिहरू सहभागी हुने भएका छन् ।

गत वर्षको इभेन्टमा क्यानडा र मलेसियाको २ जना प्रशिक्षक उपस्थित रहेकोमा यस वर्षको इभेन्टमा प्रशिक्षकको रूपमा ल्याटिन डान्सकै बचता डान्समा पाँच पटकसम्म विश्वविजेता जोडी अस्ट्रेलियाका नेस्टर र रेबिका, ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू पोर्चुगलका नेल्सन कम्पास, मलेसियाबाट कार्लनिस, भारतबाट याभित सिहं, वर्ड साला समिटको पहिलो एसिकाकै पहिलो निर्णायक बरुन डि एस राणा,  बेली डान्समा विश्वको पाँचौँ स्थानमा रहेकी दिप्ती सेठी रहनेछन् ।

नेपालबाट प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रियस्तरमा नै साल्सा डान्स प्रशिक्षकका रूपमा प्रमाणित भइसकेका आयोजक टिमका योगेशराज श्रेष्ठ र सप्रिना श्रेष्ठ रहनेछ छन् भने अन्य प्रशिक्षकमा रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी छन् ।

३५ लाख कुल बजेटमा आयोजना हुने इभेन्ट आइतबार सुरु भै बुधबार समापन हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १७:५५
प्रतिक्रिया दिनुहोस्