साहित्य

काठमाडौं । मुक्तक लेखक नेपाल रानाभाट ‘सुबोध’को मुक्तक संग्रह ‘समयका स्वरहरु’ हालै सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक नेपाल रानाभाट सुबोधको मुक्तक संग्रहको विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार यादव खरेलले गरे ।
यादव खरेलले विमोचन मन्तव्य राख्दै लेखक रानाभाटको मुक्तक संग्रहको चर्चा गरेका थिए । मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मुक्तक विधामा कलम चलाउँदै आएका ज्ञानुवाकर पौडेल, वियोगी बुढाथोकी, विजय कट्टेल, रमेश पौडेल र लेखक रानाभाटले पनि बोलेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५ ११:३८
प्रतिक्रिया दिनुहोस्