site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विज्ञान

थोमस अल्वा एडिसन
थोमस अल्वा एडिसन एक प्रख्यात वैज्ञानिक थिए । यिनको जन्म सन् १८४७ मा भएको थियो । यिनको नै बिजुली बत्ती (बल्ब) को आविष्कार गरेका हुन् । सानो उमेरमा यिनी मन्दबुद्घिका बालक कहलिएका थिए । यसै कारण तीन वर्ष यिनलाई स्कूलबाट निकालिदिएका थिए, तर लगन र सङ्घर्षले यिनी अगाडि बढ्दै गए । थोमल अल्वाले घरमै पढ्न थाले । दश वर्षको उमेरदेखि नै विज्ञानका विभिन्न अध्ययन गर्न सुरु गरिसकेका थिए थोमसले । आखिर मेहनत गर्दागर्दा यिनले बल्ब र सिनेमा देखाउने प्रोजेक्टरको समेत आविष्कार गरेरै छाडे । आज यिनै थोमस अल्वा एडिसनका् अविस्कारको प्रयोग हामी दैनिक जीवनमा गरिरहेका छौं  । 

कविता 
विद्यार्थी 
–होमकुमार परियार
उठ उठ साथी हो
स्कुल जानुपर्छ
पढीगुनी ठुलो भई
विद्वान हुनुपर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सानैदेखि पढ्यौ भने 
ठुलो मान्छे होइन्छ
पढ्नलाई हेला गरे
पछि दुःख पाइन्छ ।

शिक्षकलाई आदर गर 
किताबलाई माया
हामी विद्याथी एक भई
शिक्षाको ज्योति फिजाऔं सारा ।
(साभारः सुनकेस्रा बाल पत्रिका) 
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ०८:३५
प्रतिक्रिया दिनुहोस्