
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ ‘मातृभूमि कप’ आयोजना गरेपछि कलाकारहरु अहिले नियमित अभ्यासमा जुटेका छन् ।
चैत २३ गते आयोजना हुने ‘मातृभूमि’ कपका लागि कलाकारहरु केही दिनदेखी नियमित अभ्यासमा छन् । कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् । कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडीसमेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिइरहेका छन् ।
अभ्यास खेलमा सुनिल थापा, बद्रि पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे ‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बाँनिया छन् । खेल चैत २३ गते शनिबार कीर्तिपुर खेल मैदानमा हुनेछ ।
‘मातृ भूमि कप’बाट उठेको रकमको १५ प्रतिशत बारा र पार्साका आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने फाउन्डेशनले जनाएको छ । फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले आँधी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले ४ सय पीडित परिवारलाई राहत वितरण गरेका थिए ।