site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यिक पत्रकार रोचकलाई टेकनाथ शिवा पुरस्कार प्रदान गरिने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । पूर्वान्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको   ‘कवि टेकनाथ– शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार’ साहित्यिक पत्रिकारितामा विगत ५८ वर्षदेखि सक्रिय रचना साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । 
नेपाली भाषा साहित्य एवम् साहित्यिक पत्रकारितामा दीर्घसेवा गरेवापत घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिन लागिएको जानकारी दिइएको छ । यस अघि उक्त पुरस्कार मनिराज जोशी २०७२ मा, भाषा शास्त्री बालकृष्ण पोखरेल २०७३मा र डा. तुलसी भट्टराईलाई २०७४ मा प्रदान गरिएको थियो । 
सो पुरस्कार आगामी वैशाख २३ गते टेकनाथ अधिकारीको जन्मजयन्तीका दिन विराटनगरमा आयोजना गरिने कार्यक्रममा अर्पण गरिने छ । सो पुरस्कारको स्थापना पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गरेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  ११:३५
प्रतिक्रिया दिनुहोस्