site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सलिनमानको कपाल किन दुम्सी स्टाइलको ?

काठमाडौं । दुई साता अगाडि सलिनमानलाई कालिकास्थानमा भेट्दा ओभरकोटका ठाँटिएका उनी ठाडोठाडो कपालमा देखिन्थे । जेल लगाएर ठाडो कपाल बनाएका सलिनमानलाई उनका चलचित्रमा भने स्ट्रेट कपालमा देखिन्छ । 

कम बोल्ने र काममा धेरै केन्द्रित हुने उनको स्वाभाव हो । मोटो पारिश्रमिक लिएर चलचित्रमा अनुबन्द हुने तर प्रचारप्रसारमा समय नदिने गरेको आरोप कलाकारहरुलाई लागिरहेका बेला सलिनमान भने त्यसको ठिक विपरित एउटा चलचित्र रिलिज नभई अर्को चलचित्रमा काम गर्दिन् भन्दै बसेका छन् । उनी अहिले चलचित्रको प्रचारमा छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा नदेखिए पनि अरुबेला अक्सर ठाडो कपालमा देखिने उनलाई दुम्सी कपाल मनपर्छ । त्यसैले उनी जेल लगाएर दुम्सीको जस्तो कपाल बनाउँछन् । “मलाई सानै देखि दुम्सीको कपाल (काँडा) मन पथ्र्यो त्यसैले म आफैं कपाल ठाडो पारेर हिँड्थेँ,” बाह्रखरीसँग सलिनमान भन्छन्, “पछि हेयर स्टाइलिष्टले पनि तपाईंलाई दुम्सी स्टाइल सुहाउँछ भन्नुभयो । त्यसैले मैले यो हेयर स्टाइल बनाउन थालेको हुँ । 

‘ए मेरो हजुर–२’बाट चलचित्र यात्रा सुरु गरेका सलिनमानको दोस्रो चलचित्र ‘यात्रा’ यही चैत २९ गते प्रदर्शन हुँदैछ । 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्