site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
१६ लाखमा साम्राज्ञी ‘रातो टीका निधारमा’ अनुबन्धित

काठमाडौं । चलचित्र ‘रातो टीका निधारमा’मा नायिकाका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी छिन् । १६ लाख पारिश्रमिकमा उनलाई निर्देशक अशोक शर्माले अनुबन्ध गरेका हुन् । 

साम्राज्ञीको अपोजिटमा शंकित शर्मा हुने छन् । अंकित अशोक शर्माका छोरा हुन् । यही चलचित्र मार्फत उनी नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैशाखको अत्तिमबाट चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई अशोक शर्मा स्वयम्ले निर्देशन गर्नेछन् । 

यसअघि उनले दसैंको फुलपातीमा रिलिज भएको चलचित्र ‘जय भोले' १२ वर्ष पछि निर्देशन गरेका थिए । दसैंमा रिलिज भएको  ‘छक्का पञ्जा’का कारण चलचित्रले औषत व्यापार गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १३:५६
प्रतिक्रिया दिनुहोस्