
काठमाडौं । चलचित्र कलाकार संघको निवार्चन स्थगित भएको छ । संघले फर्जी सदस्यता वितरण गरेकोभन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि यही चैत २३ गतेका लागि तय भएको संघको निवार्चन कार्यक्रम स्थगित भएको हो ।
काठमाडौं जिल्ला प्रशासनले कलाकार सुरज आरडीले दिएको उजुरीमा सुनुवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेकाले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न निर्देशन दिएको छ ।
कलाकार संघले सदस्यता वितरण सम्बन्धी नियम मिचेको आरोप लगाउँदै आरडीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । उनले पाँचवटा चलचित्रमा अभिनय गरे पछि मात्रै संघको सदस्यता लिने प्रावधान रहेकोमा दुईवटा चलचित्रमा मात्र अभिनय गरेका व्यक्तीलाई संघको सदस्यता दिएको आरोप लगाएका छन् ।
कलाकार संघमा आगामी कार्यकालको अध्यक्ष पदका लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् ।