site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बुलबुल’ निर्देशक विनोद अर्को चलचित्रको तयारीमा 

काठमाडौं । चलचित्र ‘बुलबुल’ निर्देशक विनोद पौडेल अहिले दुईवटा स्क्रिप्टमा काम गरिरहेका छन् । पहिलो चलचित्रबाटै राम्रो प्रतिकृया पाएका विनोद केही समय यता नेपालमा बस्दै आएका भुटानी शरणार्थीको विषयलाई लिएर चलचित्र बनाउने तयारीमा जुटेका छन् । यही विषयमा उनले स्क्रिप्ट लेखिरहेका छन् । 

“स्क्रिप्टमा काम गरिरहेको छु । लेख्न बस्छु भनेर समय निकालेर बसेर खासै राम्रो काम गर्न सक्तिन,” विनोद भन्छन्, “भुटानी शरणार्थीको विषयमा चलचित्र बनाउने सोचमा छु र त्यसकै स्क्रिप्टमा काम गरिरहेको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो चलचित्र निर्माणमा उनले अमेरिकन नागरिकको साथ पाउने छन् । अमेरिकन नागरिक यातिन पर्खानी यो चलचित्रमा निर्माताको रुपमा रहनेछन् । यसकै लागि विनोद केही समयपछि अमेरिका जाँदैछन् । 

फेष्टिवल लक्षित चलचित्र बनाउने सोचमा रहेका विनोद यो चलचित्र नेपाली भाषा र नेपाली कलाकार भए पनि अमेरिकाबाट बनाउने छन् । उनका अनुसार यो चलचित्रले नेपालबाट निर्माण इजाजत लिने छैन । 

एक वर्ष अगाडि यही चलचित्र निर्माणका लागि सपरिवार अमेरिका पुगेका विनोद पुनः नेपाल फर्किएका थिए । 

विनोद अर्को एउटा सामाजिक कथा बस्तुमा आधारित चलचित्रको स्क्रिप्टमा पनि काम गरिरहेका छन् । व्यवसायिक चलचित्रका लागि अफर आए पनि विनोद सामाजिक कथाबस्तुमा मात्रै काम गर्ने बताउँदै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १३:०८
प्रतिक्रिया दिनुहोस्