
काठमाडौं । नाट्यश्वर म्युजिक अवार्ड–२०७५ मा शिवनारायण जोशीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । जोशीलाई अवार्डसहित नगद रु ११ हजार १११ सहित सम्मान गरिएको थियो ।
नाट्यश्वर स्वर्ण सम्मान बसुन्धरा भुसाल, चैत्य देवी, रजत सम्मान शान्तिप्रिय, विशेष सम्मान सरु थापा, हरि कर्माचार्य, नाट्यश्वर रत्न सम्मान उत्तम केसी, सिताराम पोखरेल, कला सम्मान डिबि लामा, कला पत्रकारिता सम्मान सूर्य चन्द, स्वस्तिका चिल्वाल, शिव देबकोटा, अरबिन्द्र गौतम, पुरुशोत्म बस्नेत, बलराम श्रेष्ठ, सचित खड्का, कमला जोशी लगायतले पाएका थिए ।
कुल ४५ विधामा गरिएको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ मा उत्कृष्ट सर्जक, गायक गायिका, विभिन्न भाषा भाषीका गीत, मोडलहरुलाई अवार्ड प्रदान गरिएको थियो । स्थानप्य आयोजक राष्ट्रिय काभ्रेली कलाकार संघ संघको सहकार्यमा अवार्ड आयोजना गरिएको थियो ।
काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथीका रुपमा पुगेका थिए । यादवले भाषा सस्कृति तथा सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा. यादवले भने, “वेदबाट सुरु भएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ । अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।”