site stats
बाह्रखरी :: Baahrakhari
साहित्य

सुरुङ्गा । बहुजातीय , सांस्कृति सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माणका लागि पहल थालिएको छ । सो कार्यका लागि झापामा एक सातासम्म नाटकमञ्चन गरी रकम सङ्कलन गर्न लागिएको हो । 

प्रदीप नेपालद्वारा लिखित ‘वर्वरिक उपन्यास’लाई झोराहाट नाट्य समूहका संयोजक भरत गुरागाईंले नाट्यमा रुपान्तरण गरेका थिए । आगामी वैशाख ७ गतेदेखि १३ गतेसम्म बिर्तामोडमा उक्त नाटक देखाइने क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले जानकारी दिए । उनका अनुसार सो नाटकबाट सङ्कलित रकमले झापामा सङ्ग्रहालय सहितको नाटक घर निर्माण गरिने छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झण्डै रु २५ करोडको लगतमा निर्माण गरिने नाटक घरका लागि स्थानीय मनोज निरौलाले रु एक करोड बराबरको साढे तीन कठ्ठा जमीन प्रदान गरेका छन् । 
 
पार्किङसहितको साततले नाटक घर निर्माणका लागि अहिले विस्तृत गुरुयोजना तयार भइरहेको बताउँदै अध्यक्ष कल्पितले भने, “पहिलोचरणमा नगरपालिकाको सहयोगमा नाटक घर निर्माणका लागि पूर्वाधार जुटाइँदैछ । अहिले नाटक घर निर्माणस्थलसम्म पुग्न बाटो कालोपत्रे, विद्युत्, खानेपानीलगायत पूर्वाधारको काम भइरहेको छ ।” 

नाटक मञ्चनबाट रु २० लाख सङ्कलन गरिने र भवन निर्माणको प्रारम्भिक काम शुरु गर्न देवी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानु प्रसाईंको संयोजकत्वमा १५ सदस्यीय नाटकमञ्चन समिति गठन गरिएको छ । 

यसअघि उक्त नाटक काठमाडौंस्थित कुञ्ज थ्रिएटर र राष्ट्रपति भवनसहित देशका विभिन्न ठाउँमा मञ्चन गरिएको थियो । रासस

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  २१:००
प्रतिक्रिया दिनुहोस्