site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लव समूहका नेता वली २५ वर्ष जेल जानसक्ने, प्रकाण्ड प्रवक्ताबाट निलम्बित
SkywellSkywell

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ माथि कर्तव्य ज्यान, राजद्रोह र संगठित अपराधमा मुद्दा चलाइने भएको छ । शनिबार बिहान काभ्रेबाट पक्राउ परेका वलीमाथि ललितपुर प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा छ । 

गएको फागुन १० गते नख्खुस्थित एनसेल गेटमा बम विस्फोटपछि वलीले घटनाको जिम्मेवारी लिएका थिए । नख्खु विष्फोटमा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । वलीसहित नौजनालाई प्रहरीको विशेष ब्यूरो, अपराध महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५० को उपदफा १ मा राजद्रोहको मुद्दामा २५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५० को उपदफा १ मा भनिएको छ, ‘‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन दुरुत्साहन दिन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई २५ वर्षसम्म कैद हुनेछ ।’’

KFC Island Ad
NIC Asia

वलीमाथि ज्यानसम्बन्धी कसुर प्रमाणित भएको अवस्थामा पनि उनी १० वर्षसम्म जेल सजाय पाउन सक्छन् । वलीसँगै  शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् । वली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता तथा प्रशिक्षण विभाग प्रमुख हुन् । 

मध्यकमाण्डका इञ्चार्ज रहेका वलीको साथबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद भएको बताइएको छ । तर महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीले हतियार र विष्फोटक पदार्थबारे जानकारी दिन अस्वीकार गरे । 

Royal Enfield Island Ad

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले निगरानी बढाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले काभ्रेबाट पक्राउ परेका वलीसहित सबैजनालाई अनुसन्धानपछि कर्तव्यज्यान, राजद्रोह र संगठित अपराधमा मुद्दा चलाइने बताए । ‘‘अदालतबाट म्याद थपपछि थप अनुसन्धान हुन्छ । अनुसन्धानपछि थप कुरा खुल्नेछ,” एसएसपी सुवेदीले भने । सुवेदीका अनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागेपछि ३२ जना पक्राउ परेका छन् । त्यसअघि नै विप्लव समूहका ४ सय नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

प्रहरी स्रोतका अनुसार आवश्यक अनुसन्धानका लागि नेता वलीसहित पक्राउ परेका सबैलाई लतिलपुर प्रहरीले मुद्दा चलाउनेछ । उनीहरूमाथि विभिन्न पाँच अभियोगमा मुद्दा दायर गर्ने तयारि छ । पछिल्लो समय वलीकै कोर टिममा रहेका १४ जना पक्राउ परेका छन् । यसअघि पक्राउ परेका विप्लव समूहका पोलिट्ब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा अघि बढाइएको छ । महानगरीय अपराध महाशाखाले चैत १ गते राति ललितपुरबाट कार्कीलाई पक्राउ गरेको थियो । प्रतिबन्धपछि पक्राउ परेका वली विप्लव समूहका माथिल्लो तहको पहिलो नेता हुन् ।

रुकुम जिल्लाको तत्कालीन मोरु भन्ने स्थानमा स्थायी घर भएका हेमन्तप्रकाश वली ‘सुदर्शन’ विप्लव नेकपाका स्थायी कमिटी सदस्य हुन् । ५ सदस्यीय स्थायी समितिमा उनी तेस्रो नम्बरमा छन् । माओवादी पार्टी स्थापनादेखि नै सक्रिय सुदर्शन २ पटक सांस्कृतिक बिचलनको कारवाहीमा परेका थिए । दोस्रो विवाह गरेपछि तत्कालीन एकीकृत माओवादीको स्थायी समिति सदस्य रहेका उनलाई कारवाही गरिएको थियो ।

कारबाहीमा परेपछि उनले प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका थिए । त्यसपछि विप्लवको नेकपासँग पार्टी विलय गराएका थिए ।  २०७२ साल वैशाख ३ गते एकीकृत नेकपा माओवादी पार्टीमा राजीनामा बुझाएका सुदर्शनले पुस १७ गते पार्टी त्यागेको घोषणा गरेका थिए । माओवादी युद्धमा उनले छोरी गुमाएका थिए । तत्कालीन माओवादीभित्र राम्रो अंग्रेजी बोल्न र लेख्न जान्ने र अध्ययन लेखनमा सक्रिय वलीलाई पार्टीभित्र मास लिडरभन्दा पार्टीमा सैद्धान्तिक प्रशिक्षण दिने नेताको रुपमा चिनिन्छ ।

प्रकाण्ड प्रवक्ताबाट निलम्बनमा
विप्लवका विश्वासपात्र मानिने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नेकपाले प्रवक्ताबाट निलम्बन गरेको छ । ४९ दिनपछि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डका गतिविधि शंकास्पद रहेको पाइएपछि नेकपाले उनलाई निलम्बन गरेको हो । ‘‘उहाँका विषयमा पार्टीभित्र धेरै विमतिहरु छन् । प्रकाण्डजीका आर्थिक अपारदर्शिता लगायतका कयौं विषयहरु अस्पष्ट छन् । आफूखुशी पार्टीको लाइनविपरीत बोल्दै हिँड्न थालेपछि निलम्बन गरेका हौं,” एक नेताले भने ।

पछिल्लो समय विप्लव, हेमन्तप्रकाश वली लगायतका नेताले विभिन्न घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति निकाल्दै आएका थिए । प्रकाण्डलाई पार्टी स्थायी समिति बैठकले कुनै विज्ञप्ति जारी नगर्न, पार्टीको धारणा सञ्चारमाध्यममा सार्वजनिक नगर्न निर्देशन दिएको स्रोतले बतायो । विप्लव समूहका दोस्रो नेताका रुपमा चिनिँदै आएका प्रकाण्ड र विप्लवपछि पछिल्लो समय अन्तरसंघर्ष चर्किंदै गएको छ ।

प्रकाण्डले पार्टीका आन्तरिक सूचना चुहाएको आरोप पनि लाग्दै आएको छ । प्रकाण्डले सरकारसँग वार्ता गर्न पार्टी तयार रहेको बताएपछि विप्लवले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro