site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवालाई महरले भने– तपाईंको \'कोटरी\'ले गर्दा नेविसंघ यो हालतमा आयो, तदर्थ समिति गठन गर्दा सचेत हुनुस्

काठमाडौं । नेविसंघका अध्यक्ष निवर्तमान अध्यक्ष नैनसिंह महरले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत भएर तदर्थ समिति गठन गर्न आग्रह गरेका छ्न् । राजीनामा पत्र बुझाइ सकेपछि देउवासँग महरले महाधिवेशन गराउने तदर्थ समिति गठन गर्दा सचेत हुन आग्रह गरेका हुन् । 

“तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ,” महरले सभापति देउवासँग भने, “दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जवाफमा देउवाले पार्टीका नेता र महरसँग सल्लाह गरेर नेविसंघको तदर्थ समिति गठन गर्ने आश्वाशन दिएको स्रोतले बतायो ।

महरले आज पार्टी सभापति देउवासमक्ष राजीनामा दिएका हुन् । महाधिवेशन गर्ने वातावरण नभएको भन्दै उनले राजीनामा दिएका हुन् । 

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १५:२९
प्रतिक्रिया दिनुहोस्