site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेविसंघको म्याद थपबारे कांग्रेसमा अझै विवाद, सिटौला समूह महरकै कार्यसमितिको पक्षमा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान कार्यसमितिका बारेमा नेताहरुको मत बाझिएको छ । माघ २ गते समयावधि सकिएको नेविसंघको वर्तमान कार्यसमितिका बारेमा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुको मत बाझिएको हो । 

बैठकमा संस्थापन पक्ष नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिलाई विघटन गरेर महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिनुपर्नेमा देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल महर नेतृत्वको कार्यसमिति विघटन गर्न तयार देखिए पनि महाधिवेशनका लागि गठन गरिने तदर्थ समिति गठन गर्दा गहन छलफल गरिनुपर्ने पक्षमा ‘लबिङ’ गरिरहेका छन् ।

उता आफूलाई पार्टीभित्र तेस्रो धारका रुपमा चिनाउँदै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला अहिलेकै कार्यसमितिको म्याद थप गरेर निर्वाचित कार्यसमितिबाटै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरिनुपर्ने अडानमा छन् ।    

KFC Island Ad
NIC Asia

बुुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरिनुपर्ने प्रस्ताव गरेका छन् । 
बैठकमा सहभागी केन्द्रीय सदस्य स्रोतका अनुसार उपसभापति निधिको प्रस्तावमा वरिष्ठ नेता पौडेल सहमत देखिएका छन् । तर उनले बैठकमा आगामी महाधिवेशनका लागि गठन गरिने तदर्थ समिति गठनका लागि पार्टीमा छलफल गरिनुपर्नेमा जोड दिएका छन् । 

सिटौला समूह भने निधिको प्रस्तावको विपक्षमा देखिएको छ । बैठकमा नेता सिटौलाले पार्टीका अन्य भ्रातृ संगठनको उदाहरण प्रस्तुत गरेर महर नेतृत्वको कार्यसमितिको समयावधि थप गरेर महाधिवेशन गर्न दिनुपर्ने बताएको स्रोतको भनाइ छ । 

Royal Enfield Island Ad

‘‘संस्थापन समूूहले राखेको प्रस्तावमा वरिष्ठ नेता सहमत देखिनुभयो तर उहाँले तदर्थ समिति गठन गर्दा सरसल्लाह गरिनुपर्ने भन्दै आफूले भाग खोजेको शैलीमा कुराहरु राख्नुभयो,’’ एक केन्द्रीय सदस्यले भने, ‘‘सिटौलाजीले वर्तमान कार्यसमितिले हामी महाधिवेशन गर्न सक्छौं, हामीलाई महाधिवेशन गर्न दिनुपर्छ भनिरहेको अवस्थामा म्याद थप गरेर यसैलाई महाधिवेशन गर्न दिनुपर्ने बताउनुभयो ।’’

स्रोतका अनुसार नेता सिटौलाले पार्टीका अन्य भ्रातृ संगठनहरुले लामो समयदेखि अधिवेशन नगरे पनि तदर्थ समिति गठन नगरिएको उदाहरण पेस गर्दै सबै भ्रातृ संगठनलाई हेर्ने दृष्टिकोण समान बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेताहरुका बीचमा नेविसंघको अहिलेको कार्यसमितिका बारेमा मत बाझिएपछि केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । पार्टीले विधान संशोधन गरेर थप गरेको नेविसंघको वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएको थियो । तर कांग्रेसले माघ १० गते बस्ने केन्द्रीय समिति बैठकले गर्ने निर्णयानुसार हुने भन्दै महर नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो ।   

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयः
१)    माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौंको सहभागितालाई आभार प्रकट गर्दै छोटोे समयमा भव्य प्रदर्शन अयोजना गर्ने सबै जिल्लाको पार्टी पंक्तिलाई बैठकले बधाई ज्ञापन गरेको छ । प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै संचार माध्यमलाई पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ । 
 

२)     पोखरा र धनुषाको घटना बारे 
(क)     सरकारका जनविरोधी कदमहरुका विरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढंगले गरिनु पर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ । तर शान्तिपूर्ण प्रदर्शनका क्रममा कतिपय दुःखद घटना पनि हामी कहाँ वर्षौ देखि हुँदै आएका छन् । तर तिनै निश्चित कुनै घटनालाई आधार मानेर नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई हालै पोखरामा फौजदारी मुद्दा लगाउने विषयलाई हामीले गम्भीर रुपले लिएका छौं । अतः गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहाई गर्न यो बैठक सरकार समक्ष माग गर्दछ ।

(ख)  माघ २१ गतेको प्रदर्शन सकिए पश्चात धनुषा, सवैला नगरपालिका वडा नं. १० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको सांघातिक हमलालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । जनकपुरमा प्राथमिक उपचार पश्चात हाल उनको उपचार विराटनगरमा भइरहेको छ । तत्काल जाहेरी दर्ता गरी दोषी माथि कार्वाही गर्न बैठक सरकार समक्ष माग गर्दछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro