site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अब कस्तो नेविसंघ बनाउने 

नेपालकै पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ ) हाल १२ औं महाधिवेशनको संघारमा छ । पार्टीको केन्द्रीय समितिले पारित गरेको उमेरको हदबन्दीसहितको विधान कार्यान्वयन हुने अवस्थामा नेविसंघको अधिवेशनमा जुटेका विद्यार्थी थपिएको म्याद पनि सकिन लाग्दा दोधारमा परेका छन् । 

नेविसंघको नै विषयमा पार्टीका शीर्ष नेताहरुबीचमा विवाद छ । हामी अब कस्तो नेविसंघ बनाउने भन्ने कुरामा अड्किएका छौँ । बिगतजस्तै हुक्केबैठके भरेर नेविसंघ चलाउने कि समुन्नत नेपालका लागि सुदृढ कांग्रेस र सुदृढ कांग्रेसको लागि सशक्त नेविसंघ बनाउने भन्ने विषय अहिलेको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो ।

नेविसंघ गठनको पृष्ठभूमि : ‘जयतु संस्कृतम्’
जयतु संस्कृतम् आन्दोलन वा संस्था नेविसंघ गठनपूर्वको विद्यार्थी संगठन हो । तीनधारा छात्रावासमा बसेर पढ्ने विद्यार्थीहरुले त्यतिबेला संस्कृतमात्रै पढ्दै आएका थिए । उनीहरुले भूगोल, इतिहास र नागरिक शास्त्रलगायतका विषय पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरे । आन्दोलनमा धेरै विद्यार्थीको सहभागिता थियो । अन्ततः विद्यार्थीको संलग्नताको केही समयपछि आन्दोलनले पूर्णता पनि पायो । तत्कालीन समयमा स्वतन्त्रता प्राप्ति भनेर नै आन्दोलन केन्द्रित नभएको भए पनि पछि उनीहरू बिस्तारै स्वतन्त्रता प्राप्तिको लागि केन्द्रित हुँदै गए । त्रिचन्द्र कलेजका विद्यार्थीले पनि नेपाल छात्र संघ नामक विद्यार्थी संगठन खोली आफ्नो शक्तिलाई प्रजातन्त्र प्राप्तिमा केन्द्रित गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यससँगै विसं २०१५ सालको संसदीय निर्वाचनमा नेपाली काग्रेसलाई दुईतिहाइ बहुमतको पार्टी बनाउन र २००७ सालमा जनतालाई राणाहरूको शासनबाट मुक्त गराउन पनि प्रजातान्त्रिक विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ । त्यसपछि विसं २०१७ सालमा राजा महेन्द्रले पञ्चायती शासन सुरू गरेपछि पनि प्रजातान्त्रिक विद्यार्थीहरू त्यसविरूद्ध लडिरहे । यसैलाई नेविसंघको पृष्ठभूमिका रूपमा लिन सकिन्छ।

‘सुदृढ कांग्रेसका लागि सशक्त नेविसंघ’ 
विगतको गौरवशाली इतिहास जोगाउँदै अब लोकतन्त्रको पहरेदारी र समृद्धिको यात्राका लागि समाजलाई तयार गर्नुपर्ने समय आएको छ । हाम्रा अग्रजहरूको त्याग, तपस्या र समर्पणको बलमा टिकेको सङ्गठनको गरिमा जोगाउनु आजको आवश्यकता हो । हिजोका दिनमा जेलको कोठामा बसेर रक्तरञ्जित मध्यभागमा शान्तिको प्रतीक सेतो रङ्ग, त्यसमाथि क्रान्तिको प्रतीक मसाल र विद्यार्थीको हतियार कलमसहित डिजाइन भएको झन्डाको सान्दर्भिकता बुझ्दै सङ्गठनको गरिमा बढाउनु परेको छ । 

Global Ime bank

देशमा बढ्दो कम्युनिस्ट अधिनायकवादलाई रोक्न विगतमा २०३६ सालको जनमत संग्रहमा आत्मसम्मानलाई दाउमा राखेर जसरी हाम्रा अग्रज लडे त्यही मार्गमा नेविसंघ नेतृत्व हिँड्नु आवश्यक छ । उतिबेला नेविसंघ  आफँैले आन्दोलन सुरु गरेर पछि पार्टीलाई आफ्नो लाइनमा ल्याएको थियो । अब नेविसंघका विद्यार्थीले गुटभन्दा माथि उठेर सिर्जनशीलतामा अडिग भएर नेताहरुलाई एक बनाएर सुदृढ कांग्रेस बनाउने बाटोमा लाग्नुपर्छ । 

विसं २०४२ सालको सत्याग्रह होस् या २०४६ सालको जनआन्दोलन विद्यार्थी नेताहरुले देखाएको तदारुकता पनि पछ्याउन योग्य छ । हिजोका दिनमा नेताभन्दा बढी संगठनलाई माया गर्थे तर आज ठीक विपरीत भएको छ । संगठनभन्दा नेताको कोटरीमा पुग्छन् विद्यार्थी अग्रजहरू । विसं २०४६ सालको परिवर्तनपश्चात् पार्टीको आरोहअवरोह बिस्तारै नेविसंघमा देखिन थाल्यो । पार्टीको गुटबन्दी बिस्तारै नेविसंघमा देखिन सुरु भयो । अनि  कांग्रेस र नेविसंघ दुवैको संगठन कमजोर हुन थाल्यो । विसं ६२/६३ सम्म आइपुग्दा विवाद चरमोत्कर्षमा पुग्न थाल्यो । 

त्यसभन्दा पहिले पार्टी विभाजनका समयमा नेविसंघ पनि विभाजित भएका कारण आन्दोलनका समयमा कुनै अगाडि नै सडकमा पुगे त कुनै घरको कोठामा बसे । बिस्तारै समयको परिवर्तनसँगै सबै विद्यार्थी सडकमा निक्लिए । आन्दोलन चरमोत्कर्षमा पुगेर सफल पनि भयो । तत्कालीन समयमा नेविसंघका विद्यार्थी नेताकोको भूमिका निकै प्रशंसनीय थियो । हिजोको नेविसंघ र आजको नेविसंघ तुलना गर्दा आकाश जमिनको अन्तर देखिन्छ । हिजोका दिनमा नेविसंघ सशक्त थियोे र कांग्रेस सुदृढ थियो । आज पनि सुदृढ कांग्रेस निर्माणका निम्ति सशक्त नेविसंघ आवश्यक छ ।


कस्तो नेतृत्व चाहिन्छ अबको नेविसंघलाई 
अब नेविसंघ शैक्षिक विषयमा अग्रसर हुनुपर्छ । शैक्षिक क्रान्तिका निमित्त सर्वप्रथम विवेकशील नेतृत्व आवश्यक हुन्छ । गुट, उपगुटभन्दा माथि उठ्ने नेतृत्वको आवश्यकता हुन्छ । गुट केन्द्रितभन्दा नेविसंघलाई शैक्षिक सबालमा अग्रसर बनाउन सक्ने नेतृत्व चाहिन्छ ।

नेविसंघको चुनौती 
नेविसंघको पहिलो चुनौती गुटबन्दी नै हो । दोस्रो चुनौती चन्दा आतंक हो । नेविसंघका केही कार्यकर्ताले आफ्नो प्रचारबाजी गराएर, विद्यालय, क्याम्पस प्रशासनलाई तर्साएर फकाएर संस्थालाई नै बदनाम गरिरहेका छन् । यसलाई पनि नेविसंघको ठूलो चुनौतीका रुपमा लिनुपर्छ । स्पष्ट कार्ययोजना र खाका नहुनु पनि नेविसंघको अर्को चुनौती हो ।

नेविसंघले उठान गर्नुपर्ने विषय
नेविसंघले अबको दिनमा शैक्षिक एजेन्डामा केन्द्रित हुनु आवश्यक छ । यस्तै सबै विद्यार्थीहरूका माझमा पुगेर विद्यालय तहसम्म सङ्गठन गर्नुपर्छ । अब हामीले हाम्रो तल्लो कार्यसमिति मावि र गाउँ समितिमार्फत विद्यालयबाहिर रहेका देशका भविष्यलाई विद्यालयभित्र प्रवेश गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।

विद्यालयदेखि विश्वविद्यालयसम्ममा हुने शिक्षाका हरेक गतिविधिलाई प्रविधि मैत्री बनाउन जोड दिनुपर्छ । अनीवार्य अनुसन्धान कार्यक्रमका लागि पहल गर्नुपर्छ । हरेक विद्यालयमा विद्यार्थीमैत्री वातावरण सृजनाका लागि लड्नुपर्छ । उच्च गुणस्तरको शिक्षा नीति तर्जुमा गराउन अग्रसर रहनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement