site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदाधिकारीमा विकल्पै विकल्प, अड्कोले सहमति जुटेन 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतृत्वका बीच विधानको ‘लफडा’ मिलाउन विकल्पै विकल्पमा छलफल चल्दै आए पनि सहमति जुट्न सकेको छैन । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहका नेताहरु आ आफ्नो अडान र भइसकेको सहमति कार्यान्वयन नगर्दा महासमिति बैठक नै अन्योलमा परेको छ ।

उद्घाटन भएको सातादिन हुँदा पनि विधानमा सहमति जुट्न सकेको छैन । आगामी महाधिवेशनमार्फत कति पदाधिकारी निर्वाचित हुने र कति मनोनीत गर्ने भन्ने विषयमा सहमति कायम हुन नसक्दा महासमिति बैठक नै अन्योलमा परेको हो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा विधान संशोधनको विषयले दुईपटक मात्रै औपचारिक रुपमा छलफलका लागि प्रवेश पाएपनि शीर्ष तहमा अनौपचारिक रुपमा आधा दर्जन विकल्पहरुमा छलफल भइसकेको छ । 

तर महासमिति समापन गर्नका लागि यसअघि नै तय गरेको मिति घर्किसक्दा पनि छलफलहरुले ठोस निष्कर्ष निकाल्न सकेको छैन् । नेतृत्वले विधानको ‘लफडा’ मिलाउन नसक्दा महासमिति बैठक अघि बढ्न सकेको छैन ।

KFC Island Ad
NIC Asia

विधानमा पदाधिकारीको संख्या र निर्वाचन प्रणालीको विवाद मिलाउन बिहीबार बसेको शीर्ष तहका नेताहरुको बैठकमा सातौं विकल्पले प्रवेश पाएको छ । उक्त विकल्प संस्थापन पक्षले शीर्ष तहका नेताहरुको बैठकमा पेस गरेको हो । स्रोतका अनुसार बिहीबार शीर्ष नेताहरुको बैठकमा संस्थापन पक्षले पेस गरेको १३ सदस्यीय पदाधिकारीको विकल्पमाथि छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सहमति भाँड्ने काम सभापति देउवाबाट भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सहमति विपरीत आफू निकटका नेताहरुलाई बैठकमा विरोध गर्न लगाएको उनीहरुको आरोप छ । संस्थापन पक्षले शीर्ष तहका नेताहरुको बैठकमा सभापति, उपसभापति– २, महामन्त्री– २, सहमहामन्त्री– ७ र कोषाध्यक्ष– १ रहने गरी १३ सदस्यीय पदाधिकारी बनाउने विकल्प प्रस्तावका रुपमा पेस गरेको हो । जसमध्ये एकजना उपसभापति, कोषाध्यक्ष सभापतिले मनोनित गर्ने र सहमहामन्त्री समावेशी बनाउने भनिएको छ । 

Royal Enfield Island Ad

\"\"

यसअघि गत मंगलबार राति शीर्ष तहमा कोषाध्यक्ष सभापतिले मनोनित गर्ने गरी ८ सदस्यीय पदाधिकारी बनाउने सहमति जुटेको थियो । सहमतिअनुसार संशाधित विधानलाई महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले बुधबार दिउँसो बसेको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पेस गरेका थिए । 

मंगलबार राति शीर्ष नेताहरूले कांग्रेसमा दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्ष रहने गरी सहमति गरेका थिए । शीर्ष नेताहरुले कोषाध्यक्ष र प्रवक्ता मनोनित हुने र अरु निर्वाचित हुने पनि सहमति जुटाएका थिए । तर बुधबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरुले  दुई पदाधीकारी हुने ठाउँमा एक जनालाई समावेशीताको आधारमा मनोनित गर्नुपर्ने माग गरेपछि सहमति भाँडियो । 

\"\"

बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले समावेशीताका आधारमा मनोनीत हुने व्यवस्था नभए आफूहरूले विधान मस्यौदा पास हुन नदिने अडान बैठकमा लिए । उनको अडानमा संस्थापन पक्षका अन्य नेताहरुले पनि ऐक्यवद्धता जनाए । महामन्त्री खड्काले बुधबार दिउँसो पेस गरेको संशोधित विधान मस्यौदा माथि छलफल गर्न सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा राति बसको बैठक ५ मिनेट मै स्थगित भयो । 

यसअघि गत आइतबार पनि शीर्ष नेताहरुका बीचमा पदाधिकारी ८ जना रहने गरी विधानको विवाद टुंग्याउने झन्डै–झन्डै सहमति जुटेको थियो । तर नेताहरुमा निर्वाचन पद्धति के हुने भन्ने विषय भने अन्योल नै थियो । ८ पदाधिकारीमध्ये सभापति, उपसभापति–२, महामन्त्री–२, सहमहामन्त्री–२ र कोषाध्यक्ष राख्नेमा नजिक पुगेको एक नेताले बाह्रखरीलाई बताएका थिए ।

आइतबार सिंहदरबारमा भएका छुट्टाछुट्टै छलफलमा ८ पदाधिकारी राख्ने विषयको नजिक पुगेको भए पनि निर्वाचन पद्धतिमा फरक फरक मत देखिएको थियो । नेता पौडेल पक्षधरले पदाधिकारी सबै निर्वाचनमार्फत आउनुपर्ने अडान राखेको छ भने सभापति देउवा पक्षधरले एक–उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी ४ पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था राख्नुपर्ने पक्षमा देखिएको छ । 

तर सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा आइतबार सहमति नजिक पुगेको भनिएको पदाधिकारीको विवाद फेरि चर्कियो । सोमबारको बैठकमा महामन्त्री डा. शशांक कोइरालाको प्रस्तावले प्रवेश पायो । सभापति, उपसभापति– २, महामन्त्री– ३, सहमहामन्त्री– ५ र कोषाध्यक्ष– १ रहने महामन्त्री कोइरालाको प्रस्तावले छलफल त पायो । तर नेताहरुका बीचमा सहमति भने जुट्न सकेन । 

\"\"

सोमबार बेलुकी बसेको शीर्ष नेताहरुको बैठकमा संस्थापन पक्षले फेरि अर्को विकल्प तेस्र्यायो– सभापति, उपसभापति– ३, महामन्त्री–३, सहमहामन्त्री– १ र कोषाध्यक्ष– १ । उक्त विकल्पमा एक जना उपसभापति र महामन्त्री खस–आर्यबाट र बाँकी दुई–दुई उपसभापति र महामन्त्री समावेशी रहने भनिएको थियो । संस्थापन पक्षको प्रस्तावलाई संस्थापन इतर समूहले अस्वीकार गर्यो । 

पुस १ गतेबाट लगातार रुपमा शीर्ष नेताहरुका माझमा पदाधिकारीका विषयमा छलफल चलिरहेको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

‘‘छलफलमा सभापतिले पदाधिकारी बढाए पनि नबढाए पनि समावेशी बनाउनुपर्छ भन्दै आइरहनुभएको छ । जे जस्तो पदाधिकारीको व्यवस्था गरेपनि म समावेशीको पक्षमा छु भनिरहनुभएको छ,’’ सभापति देउवा निकट एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भनिन् । 

\"\"

ती नेतृले संस्थापन इतर समूह समावेशी सिद्धान्तको विपक्षमा उभिएका कारण पदाधिकारीको विषयमा अनेक विकल्पमा छलफल भएपनि ठोस ढंगले सहमति हुन नसकेको दाबी गर्छिन । उनको दाबीलाई संस्थापन इतर समूहका केन्द्रीय सदस्य गुरुराज घिमिरेको भनाइले पुष्टि गर्छ । 

‘‘‘पछाडि परेको व्यक्तिलाई निश्चित सीमासम्म अरक्षण गरेर ल्याउनुपर्छ । निश्चित सीमासम्म ल्याएर योग्य र क्षमतावान बनाइनुपर्छ । आरक्षणको कुरा गर्दै अयोग्य व्यक्तिलाई टुप्पोसम्म पु¥याउनु लोकतान्त्रिक हुँदैन,’’ संस्थापन पक्षले आरक्षणको कुरा ल्याएर विधान रोक्न खोजेको आरोप लगाउँदै केन्द्रीय सदस्य घिमिरेले बुधबार संसदीय दलको कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए ।
तस्बिर : सरिता खड्का 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro