site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाडौं किङ्सको मन्द सुरुवात 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ईपीएलको जारी खेलमा चितवन टाइगर्सले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं किङ्सले मन्द सुरुवात गरेको छ । ६ ओभरको समाप्तिमा काठमाडौंले ३१ रन जोडेको छ । ओपनर ब्याट्सम्यान अमित श्रेष्ठ र सागर पुनले सम्हालिएर ब्याटिङ गरिरहेका छन् । अमित १८ र सागर पुनले १३ रन जोडेका छन् । 
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन टाइगर्सले बिदेशी खेलाडी पाउल स्टर्लिङको आक्रामक ब्याटिङसँगै १६० रन बनाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ईपीएलको पहिलो खेलमा स्टर्लिङले १३ बलको सामना गर्दै ३४ रन बनाएका  थिए । ३४ रन बनाउने क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे ।


तल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेपछि चितवनले सुखद अन्त्य भने गर्न सकेन । १९.५ ओभर पूरा खेलेको चितवनले सबै विकेट गुमाउँदै १६० रन बनाएको हो । चितवनका कप्तान पृथु बास्कोटाले २० रन बनाउँदै काठमाडौंविरुद्ध १६१ रनको लक्ष्य दिन सहयोग गरे । त्यस्तै, नेपाली क्रिकेट टिमका प्रभावकारी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ४० बलको सामना गर्दै ४५ रन बनाए । मध्यक्रमको ब्याटिङ धानेका दिपेन्द्रसिंह ऐरीलाई काठमाडौंका प्रदिप साहुले आफ्नो तेस्रो विकेटका रुपमा पवेलियन फर्काए । 
चितवनका लागि सन्दीप सुनारले २५ र जर्ज स्कटले १५ रन बनाए । चितवनविरुद्ध काठमाडौंका जितेन्द्र मुखियाको प्रदर्शन कमजोर रह्यो । उनले २ ओभर विना विकेट २७ रन खर्चिए । तर, प्रदिपले उत्कृष्ट बलिङ गर्दै ४ ओरभमा २४ रन मात्रै खर्चेर ३ विकेट र साम्सद शेखले २. ५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै, सागर पुन, केबिन ओ ब्राहिम र अमरसिंह रौटेलाले समान एक—एक विकेट लिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ११:१९
प्रतिक्रिया दिनुहोस्