site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संस्थापन इतरको भेलामा युवा नेता पनि सहभागी

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा पार्टीभित्र अधिनायकवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले गुटगत भेलालाई तीव्रता दिएको छ । आगामी महाधिवेशनबाट सभापति देउवालाई कुनै पनि हालतमा रोक्ने भन्दै तयारी गरिरहेका उनीहरु मंगलबार बिहान मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको निवासमा भेला भएका छन् । 

यसअघि कात्तिक २६ गते मण्डिखाटारमै बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवा पार्टीभित्र अधिनायकवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको थियो । उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिँह, अर्जुननरसिँह केसी, डा. रामशरण महत र नेतृ कोइराला सहभागी थिए । 

मंगलबारको बैठकमा सभापति देउवासँग असन्तुष्ट पक्षले आफूहरुको बैठकमा युवा नेताहरुलाई पनि बोलाएको छ । संस्थापन इतरकै युवा नेताहरु छुट्टै छलफलमा जुट्न थालेपछि ‘सिनियर’ नेताहरुले उनीहरुलाई मण्डिखाटार बोलाएका हुन् । 

आज (मंगलबार)को बैठकमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिँह केसी, डा. रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियार र कमला पन्त उपस्थित रहेको बैठक स्थलमा सहभागि स्रोतले जानकारी दिएको छ ।  

उनीहरुका बीचमा पार्टीको महासमिति बैठक, नेविसंघ र नेतृत्वले बहुमतका आधारमा गरिरहेको निर्णय लगायतका विषयमा छलफल हुने बताइएको छ । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता डा. शेखर कोइराला उपस्थित छैनन् । नेता पौडेल र कोइराला उपत्यका बाहिर भएकाले बैठकमा उपस्थित हुन नसकेको स्रोतको भनाइ छ । 
तस्बिरः निरञ्जन थापाको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro