site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभापति नबनाएको भए कांग्रेस छाड्ने तयारीमा थिए गच्छदार !

काठमाडौं । विजयकुमार गच्छदारले पार्टी परित्याग गर्ने आन्तरिक तयारी गरेपछि नेपाली कांग्रेसले उनलाई उपसभापति बनाएको छ । गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेताहरुसँग पार्टी परित्यागका लागि आन्तरिक तयारी गरेको सुइको पाएपछि कांग्रेसले उनलाई मंगलबार उपसभापति बनाएको हो ।  

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले गरेकोे प्रस्ताव बहुमतले पारित भएपछि गच्छदार कांग्रेसको उपसभापति बनेका छन् । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस नेता तथा केन्द्रीय विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेकखले ‘राजनीतिक आवश्यकता’ का आधारमा उनलाई उपसभापति बनाइएको बताए । 

‘‘गच्छदारलाई पार्टीको उपसभापति बनाउने यो निर्णय राजनीतिक निर्णय हो । दुईवटा पार्टीका बीचमा राजनीतिक छलफल भएर लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको थियो । तदनुरुप त्यसका बारेमा हामीले निर्वाचन आयोगमा जानकारी गराएका थियौं । आयोगले दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेको थियो । उहाँलाई उपसभापति बनाउनु राजनीतिक आवश्यकता थियो,’’ गच्छदारलाई उपसभापति बनाउन कांग्रेसको विधानले दिन्छ त ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेता लेखकले भने । 
तर प्रक्रिया नमिलेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले बैठकमा आपत्ति जनाएका थिए । 

‘‘गच्छदारलाई उपसभापति बनाइनु हुँदैन भन्ने उहाँहरुको भनाइको आसय होइन तर मनोनयनको प्रक्रिया मिलेन भनेर बैठकमा आपत्ति भने जनाउनुभएको थियो,’’ एक केन्द्रीय सदस्यले भने । 

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकीकरणको समयमा भएको भद्र सहमति अनुसार आफूलाई उपसभापति बनाउने निर्णय पारित नभए गच्छदारले कांग्रेस परित्याग गर्ने तयारी गरेको स्रोतले जनाएको छ । ‘‘उहाँले अब पनि सहमति कार्यान्वयन नभए कांग्रेस छाड्छु भनेर आफू निकटका नेताहरुसँग छलफल नै गरिसक्नुभएको थियो’’ गच्छदार निकट स्रोतले बाह्रखरीसँग भन्यो । 

गच्छदारले यसअघि गत असार २५ गते लैनचौरमा आयोजित एक कार्यक्रममा पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइरालाकै अगाडि सहमति लागू नभए देशभरका कार्यकर्ता बोलाएर एकता भंग भएको घोषणा गर्ने चेतावनी दिएका थिए । 

कांग्रेस केन्द्रीय समिति बैठकले गच्छदारको अध्यक्षतामा रहेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता–कार्यकर्ता र भ्रातृ संगठनहरुको व्यवस्थापनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको नेता लेखकले जानकारी दिए । उनका अनुसार उक्त समितिका सदस्यहरु पछि मनोनित गरिने छ । 

बैठकले कांग्रेसले मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा तय गरेको महासमिति बैठक पनि सारेको छ । महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय पनि भएको नेता लेखकले जानकारी दिए ।

बैठकमा विधान मस्यौदामा सर्वसम्मति हुन नसकेकाले पेस हुन सकेन । सर्वसम्मतिका आधारमा विधान प्रस्तुत गर्ने तयारी भएको नेता लेखकले जानकारी दिए । विधान मस्यौदाका बारेमा संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए ।
बैठकले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा लेखा परीक्षण समिति बनाइएको छ । कांग्रेसले चितवनमा अस्पतालको जग्गालाई व्यापारिक प्रयोजनमा प्रयोग नगर्नपनि माग गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro