site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा पौडेल समूहको रणनीति–केन्द्रीय समितिमा विधान मस्यौदा सहमतिमा पारित नभए महासमितिमा फरक मत लैजाने 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी विधान सहमतिका साथ पारित गर्नका लागि साझा धारणा बनाएर केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेको छ ।  केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बसेको संस्थापन इतर समूहको बैठकले विधानको मस्यौदामाथि हुने छलफलमा सहमतिका साथ पारितका लागि साझा धारणा बनाएर प्रस्तुत हुने सैद्धान्तिक सहमति गरेको छ । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकमा सहमतिका साथ पार्टीको विधान पारितका लागि एकजुट भएर प्रस्तुत हुने बारेमा छलफल भएको नेताहरुले बताएका छन् । 

रोल्पा कांग्रेसका सभापति अमरसिँह पुनले पार्टीको संशोधन हुन गइरहेको विधान र विधान पारितका लागि सहमति जुटाउन अपनाउने रणनीतिका बारेमा छलफल भएको पुष्टि गरेका छन् । 

‘‘केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदामा उल्लेख गरेका केही विषयहरुमा हाम्रो केही फरक मान्यता छ । तिनै फरक मान्यताहरुलाई मिलाएर सहमतिका साथ जानुपर्छ । सर्वसम्मत नै जानु पर्दछ भन्ने हामीहरुको मान्यता हो । यही विषयमा सामान्य छलफल भयो,’’ उनले बाह्रखरीसँग भने ।  

विधान पारितका लागि संस्थापन समूहले बहुमत प्रयोग गरेर विधान पारित गर्न खोजे संस्थापन इतर समूहले फरक मतसहित आसन्न महासमिति बैठकमा प्रस्तुत हुने समेत रणनीति बनाएको छ । 

‘‘विधानको मस्यौदा प्रस्तुत भएपछि त्यसलाई अध्ययन गरेर, पढेर, छलफल गरेर एउटा सहमति निकाल्ने प्रयास हुन्छ, नभए फरक मतसहित हामी महासमितिमा जान्छौं,’’ पौडेल निवासमा बसेको बैठकमा सहभागी कांग्रेस नेता अर्जुननरसिँह केसीले भने, ‘‘संविधानले गरेको व्यवस्था समेटिने गरी हामीले पार्टीको विधान निर्माण गर्नुपर्दछ । त्यही विधान निर्माणका लागि हामी सबैको साझा सहमति हुन सकोस् भन्ने हो । अन्यथा महासमितिमा विवाद उत्पन्न हुने र निष्कर्षमा पुग्न नसकिने स्थिति आउन सक्छ ।’’ 

कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको विधान महासमितिले अनुमोदन गरेपछि मात्रै लागू हुने प्रावधान रहेको छ । संस्थापन इतरको बैठकमा महासमिति, नेविसंघ र मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ । 

‘‘बैठकमा दिनभर छलफल गरेर बेलुकीसम्म एउटा धारणा बनाउने कुरो भएको छ’’ छलफलमा सहभागी एक नेता निकट स्रोतले भन्यो । बैठकमा वरिष्ठ नेता पौडेल, प्रकाशमान सिँह, अर्जुनरसिँह केसी, गगन थापा, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, अमरसिँह पुन लगायतका कांग्रेस नेताहरुको उपस्थिति थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro