site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् निर्मला हत्याका ‘अदृश्य’ अपराधी ? यस्ता छन् प्रहरीले ‘नियतवश’ गरेका गम्भीर त्रुटि
SkywellSkywell

काठमाडौं । बलात्कारपछि हत्या भएको अढाई महिना बितिसक्दा पनि कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका हत्याराको पहिचान हुन सकेको छैन । हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले पनि हत्याराको किटान गर्न सकेन । 

समितिको प्रतिवेदनमा हत्याराको किटान नभएपनि प्रहरीले अनुसन्धानका क्रममा ‘नियतवश’ गरेका दर्जन बढी कमजोरीमा प्रश्न उठाइएको छ । प्रतिवेदनले निर्मला हत्याको प्रमाण नष्ट गर्ने कार्यमा तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्वको कमजोरी औंल्याएको छ । प्रतिवेदनले निर्मलाकी साथी रोश्नी र उनकी दिदी अनिता बममाथि पनि अनुसन्धान गर्न सुझाव दिएको छ । हत्या प्रकरणसँगै जोडिएर तत्कालीन कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी निलम्बनमा परिसकेका छन् । 

प्रहरीले हत्यामा संलग्न भनेर भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दीलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, दीलिपको डिएनए म्याच नगरेपछि उनी थुनामुक्त भएका थिए । प्रहरीले दीलिपलाई नक्कली अभियुक्तका रुपमा सार्वजनिक गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको आरोप स्थानीयले लगाएका थिए । आन्दोलन चर्कंदै जाँदा प्रहरीको गोली प्रहारबाट स्थानीय शनि खुनाले ज्यानसमेत गुमाएका थिए । 

KFC Island Ad
NIC Asia

निर्मला हत्याका मुख्य अभियुक्त अर्थात् ‘अदृश्य’ अपराधी को हुन् भन्ने प्रहरी अनुसन्धानबाट खुल्न सकेको छैन । घटनाका विभिन्न पाटा प्रहरीले केलाइरहेको भए पनि निर्मलाको हत्यासँग जोड्न मिल्ने भरपर्दो सुराक अनुसन्धान टोलीले फेला पार्न सकेको छैन । तर प्रहरी अधिकारीहरू घटनाको अनुसन्धान सुक्ष्म रुपमा भइरहेको तर्क गर्दै आइरहेका छन् । प्रहरी प्रवक्ता शैलेश थापा प्रहरीका विभिन्न टोली निर्मला हत्याको अनुसन्धानमा सक्रिय रहेको बताउँछन् । उनी भन्छन्, ‘‘प्रहरीकै अधिकारीहरू पनि निलम्बनमा छन् । घटनामा संलग्न जो भएपनि कानुनको दायरामा आउँछ ।’’

निर्मला हत्यामा हाइ प्रोफाइल व्यक्तिको संलग्नता रहेको आरोप स्थानीयको भएपनि आरोप पुष्टि गर्ने आधार भने देखिँदैन । साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेकी थिइन् । उनको सामूहिक बलात्कार भएको हुनसक्ने आशंका उच्चस्तरीय समितिको प्रतिवेदनले गरेको छ । प्रतिवेदनलाई प्रहरी प्रधान कार्यालयले पूर्णरुपमा कार्यान्वयन गर्ने बताएको छ । प्रतिवेदनले निर्मला हत्याको अनुसन्धान वा हत्याअघि प्रहरीले गरेको भूमिकाको विश्लेषण पनि गरेको छ । 

Royal Enfield Island Ad

प्रतिवेदनअनुसार यस्ता छन् प्रहरीका कमजोरी
प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीद्वारा ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको तर अनुसन्धानमा सहयोगका लागि कुकुरको प्रयोग नगरिएको ।’  हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार जिल्ला प्रहरी कार्यालयले तयार पारेको बरामदी मुचुल्कामा अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो ।

तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा फेरि नमुना सच्याइएको पत्र पठाएको पाइएको छ । जुन पत्रमा ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाफ पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफपाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ’ लेखिएको थियो । प्रतिवेदनका अनुसार मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जी र हाफ पाइन्ट दीलिपसिंह विष्टको घरबाट प्रहरीले ल्याएको थियो ।

यस्तै प्रतिवेदनमा मृतक निर्मलाको पोष्टमार्टम रिपोर्टमा घाँटी अँठ्याएर मारेको उल्लेख भएको तर सिआईबीका डिएसपी अंगुर जिसीले बलात्कारपछि दीलिपले भोकल कर्ड च्यापेर मारेको बयान दिएको उल्लेख गरिएको छ । यहाँ प्रहरी र मेडिकल रिपोर्ट मेल खाँदैन । 

प्रतिवेदनमा प्रहरीले तयार पारेको मुचुल्कामा समेत आमाबाबुको हस्ताक्षर नगराइएको उल्लेख छ । निर्मलाको एक खुट्टामा मात्र रहेको सुरवाल झिकेर पखालेको, तिघ्रा पखालेको, यौनाङ्ग पखालेको प्रतिवेदनमा उल्लेख छ । त्यसो गर्दा प्रमाण नष्ट भएको आरोप प्रहरीमाथि छ । साउन ११ गते जिल्ला प्रहरी कार्यालयले खडा गरेको घटनास्थल लाशजाँच मुचुल्का र दशी सनाखत मुचुल्कामा मृतक निर्मला पन्तको जिउमा रहेको कलेजी रंगको सुरवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टीलगायत साइकल, कापी बरामद गरी प्रहरीले लगेको भएपनि हाल बरामद भएका सबै वस्तु नभेटिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मुचुल्कामा निर्मलाका बुबा नभएको मितिमा सहिछाप गराइएको छ । जबकि साउन १२ गतेमात्रै निर्मलाका बुबा यज्ञराज भारतबाट फर्केका थिए । मुचुल्कामा भने यज्ञराजको हस्ताक्षर साउन ११ गतेको मितिमा गराइएको देखिन्छ । दीलिप विष्टको घरबाट कपडाको टुक्रा ल्याई घटनास्थलमा राखेर २४ दिनपछि अर्थात् भदौ १२ मा दीलिपलाई अभियुक्तका रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, शव अन्त्येष्टि गर्न परिवारलाई प्रहरी प्रशासनले दबाब दिएको, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक घटनाको जानकारी हुँदा पनि गम्भीर नभएको देखिन्छ । 

घटनामा प्रहरीको नियोजित कमजोरी 
रोश्नी बमकी दिदी अनिता साउन १० गते ट्युसन पढ्न गएको विषय देखिन्छ । प्रतिवेदनमा लेखिएको छ, ‘‘साउन १० गते अनिता ट्युसन पढ्न आएको यकिन छैन । सो विषयमा प्रहरीले मेरो कापी मागी साउन १० गते ट्युसन पढेको नोटकपीको फोटोकपी गरेर लगेका हुन् भन्ने मिराई एजेकुशन भिसा सेन्टरमा पढ्ने विद्या पन्तको भनाइ छ । उक्त दिन अनिता पढ्न आएको–नआएको यकिन नभएको सेन्टरका सञ्चालक बाबुराम राउतको भनाइ छ ।’’ प्रहरीले किन अनिताको लागि विद्याको नोटकपी फोटोकपी गर्यो ? यतिमात्रै होइन, अनिताका आमाबुबासमेत ट्युसन सेन्टरमा गएर साउन १० गते अनिता पढ्न आएकी थिइन् भनेर आग्रह गरेको विषयले पनि घटना थप रहस्यमयी बनेको देखिन्छ । यसमा संलग्न प्रहरी कसको आदेशमा चले वा को–को प्रहरी विद्याको नोटकपी माग्न गएका थिए, त्यो खुल्न सकेको भने छैन ।

प्रतिवेदनका अनुसार तत्कालीन कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्ट घटनास्थल नगएको, उनले सूचना प्राप्त भएपछि गर्नुपर्ने भूमिका निर्वाह नगरेको पनि उल्लेख छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने प्रतिवेदनले सुझाएको छ । बलात्कार र हत्या घटनाको अनुसन्धान गर्न विषयगत विज्ञहरूसमेत सम्मिलित विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्ने माग पनि प्रतिवेदनले गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro