site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेविसंघमा ३२ वर्षे उमेरहदको प्रस्ताव ! शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको कांग्रेस ठहर 

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदको प्रस्ताव गरिएको छ । नेविसंघ निर्देशक समितिका संयोजक समेत रहेका प्रकाशशरण महतले कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा ३२ वर्षको उमेरहद कायम हुनेगरी प्रस्ताव गरेका छन् ।

कांग्रेस बैठकले उक्त प्रस्ताव अनुमोदन गरेमा नेविसंघमा अब ३२ वर्षभन्दा मूनिका मात्रै सदस्य रहनेछन् । यसअघि विवाद भएपछि निर्देशक समितिले प्रस्ताव तयार पारेको थिएन । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा डा. महतले यस्तो प्रस्ताव पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा शान्ति सुरक्षा कायम गराउन सरकार असफल भएको भन्ने धारणा नेताहरुले राखिरहेका छन् । आजको बैठकमा सरकारको कामकारवाही, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्न नसक्नु, निजगढ विमानस्थललगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro