site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बलिउड फ्लासब्याकः मिनाक्षीको अभिनयले मोहित बनाउँथ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । असी र नब्बेको दशकमा चलचित्रको पर्दामा राज गर्ने मिनाक्षी शेषद्री सबैको दिलको धड्कन थिइन् । सन् १९८३ मा चलचित्र उद्योगमा पाइला राखेपछि मिनाक्षीले कैयौँ हिट चलचित्र गरिन् । र, कैयौँ अवार्ड पनि जितिन् । दर्शक मिनाक्षीको सुन्दरताको मात्र प्रशंसक थिएनन्, उनीहरू त उनको अभिनय र हाउभाउको समेतले दर्शकको मन मोहित बनाउँथ्यो । 

मिनाक्षी शेषाद्रीको उत्कृष्ट अभिनयका कारण नै ‘दामिनी’ जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन र ‘हिरो’, ‘घायल’ र ‘घातक’ जस्ता कैयौँ ब्लकबस्टर चलचित्रमा काम गरिन्, जुन सिनेमा र उनको जीवनमा नै कोशेढुंगा सावित भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, थोरै मात्र दर्शकलाई थाहा छ कि, मिनाक्षी शेषाद्रीको नाम गायक कुमार सानूसँग जोडिएको थियो । भनिन्छ, मिनाक्षी शेषाद्री र कुमार सानू एकअर्काको मायामा पागल थिए । तर, कुरा तब अगाडि आयो जब कुमार सानूकी श्रीमतीले उनीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन् । यो सम्बन्धको कारक मिनाक्षीलाई मानियो । तर, यस विषयमा मिनाक्षीले आफ्नो अभिव्यक्ति यसरी दिइन् कि बजारमा आएको अफवाहलाई अझै बल पुग्यो । त्यसैले मिनाक्षीकै कारण कुमार सानूको सम्बन्ध विच्छेद हुँदैछ भन्ने चर्चा चल्यो । 

यद्यपि पछि कुमार सानूको जीवनमा सबै सामान्य भयो । र, मिनाक्षी शेषाद्रीले पनि पछि गएर यस विषयमा कुनै सफाई दिइनन् । उनी अचानक चलचित्र क्षेत्रबाट टाढा भइन् । सन १९९७ मा उनले एक ‘इन्भेस्टमेन्ट बैंकर’ सँग विवाह गरिन् ।

Global Ime bank

उनको पछिल्लो चलचित्र सन १९९६ मा आएको ‘घातक’ थियो । विवाह गर्ने र चलचित्र उद्योग छाडेपछि उनी अमेरिकामा छिन् । त्यहाँ उनी नृत्य सिकाउँछिन् । उनको आफ्नै एउटा ‘डान्स इन्स्टिच्युट’ पनि छ । उनी ग्लामर इन्डस्ट्रीबाट टाढा भएको २१ वर्ष भयो । र, चलचित्रमा फर्केर आउने उनको कुनै मन छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ०२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय