site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
५४ जिल्लामा मतदाता नामावली संकलन, १ करोड ४० लाख मतदाता पुग्ने अनुमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले पहाड र तराईका ५४ जिल्लामा अभियानकै रुपमा मतदाता नामावली संकलन गरिरहेको छ । यसअघि हिमाली २१ जिल्लामा अभियान सम्पन्न भइसकेको आयोगले जनाएको छ । 

निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार माघ १५ गतेसम्म ५४ जिल्लाका ४ हजार ५ सयभन्दा बढी केन्द्रबाट नामावली संकलन भइरहेको छ ।

“५४ जिल्लाका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको वडाबाट नामावली संकलनको काम भइरहेको छ,” उनले भने, “जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका कार्यालयबाट त नियमित संकलनको काम भइरहेकै छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

हिमाली २१ जिल्लामा कात्तिक २६ देखि मंसिर मसान्तसम्म अभियान चलाएको थियो । अभियानबाट २५ हजार मतदाताले नामावली संकलन गरेको प्रवक्ता शर्माले जानकारी दिए ।  

आयोगले पुस १ गतेदेखि बाँकी ५४ जिल्लामा अभियान सञ्चालन गरिरहेको छ । माघ १५ गतेसम्म चल्ने अभियानमा १६ वर्ष पुगेका र नागरिकता लिएका सबैलाई सहभागी हुन आयोगले अनुरोध गरेको छ । 

Global Ime bank

हालसम्म ५४ जिल्लाको अभियानमा १ लाख १५ हजार बढिले अभियानमार्फत नामावली दर्ता गराएको प्रवक्ता शर्माले जानकारी दिए । उनका अनुसार २०७० मंसिरमा भएको निर्वाचनमा १ करोड २१ लाख जना मतदाता थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलनको काम चलिरहेको छ । अभियान सकिँदासम्म करिब १ करोड ४० लाख मतदाता पुग्ने आयोगको अनुमान छ ।  

सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेका बेला संकलन अभियानमा सहभागी भएर मतदान गर्ने आफ्नो अधिकारलाई सुरक्षित गर्न आयोगले आग्रह गरेको छ । 

नामावली दर्ता गर्न के चाहिन्छ ?
निर्वाचनमा मतदान गर्नको लागि सबै योग्य नागरिकहरूले फोटोसहितको मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गराउनु पर्दछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

त्यसपछि प्रचलित कानुनअनुसार १८ वर्षउमेर पूरा भएपछि मात्र मताधिकार प्राप्त हुनेछ । त्यसैगरी उक्त व्यक्ति कुनै निर्वाचन क्षेत्र भित्रको गाविस वा नगरपालिकामा स्थायी बसोबास गरेको हुनुपर्दछ ।

अभियान लगत्तै परिचयपत्र वितरण गरिने  
नामावली संकलन अभियान सकिएलगत्तै मतदाता परिचयपत्र बनाएर वितरण गरिने आयोगले जनाएको छ ।

“आयोगले पहिलेको भन्दा अलि गुणस्तरीय परिचयपत्र बनाएर वितरण गर्ने सोच बनाएको छ,” प्रवक्ता शर्माले भने, “कार्डलाई सुरक्षण फिचरसहितको बनाउने की भन्नेमा पनि छलफल भइरहेको छ । त्यो छिट्टै निर्णय हुन्छ ।”

नामावली संकलनमा जाँदा आफ्नो नाम, ठेगाना शुद्धसँग पेश गर्न आयोगले अनुरोध गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय