site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । रामेछाप डुकु घर भई काठमाडौंको मनोहरामा बस्दै आएका २१ वर्षीय निरज अधिकारी लागुऔषध कारोबार गरेको अभियागमा दुईवर्ष जेल सजाय भोगेर गत असोजमा छुटेका थिए । 
अधिकारी गत शुक्रबार काठमाडौंको कोटेश्वरबाट फेरि पक्राउ परे । 
२ सय ४६ सेट लागुऔषध डाईजेपाम, फेनारगन र वुर्नफिनसहित पक्राउ परेका अधिकारी यही कारोबार गरेकै कारण दुईवर्ष जेल सजाय भुक्तान गरी निस्केको २ महिना नवित्दै पुनः पक्राउ परेका हुन् ।
हुनत अधिकारी मात्र हैन, यसअघि उनका दिदी र दाजुले पनि लागुऔषध कारोबार गरेको अभियोगमा जेल सजाय भुक्तान गरिसकेका छन् । 
परिवारमा तीन जनालाई प्रहरीले लागुऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरेपछि उनका बाबुआमाले कोटेश्वरमा रातको समयमा ठेलामा चिया बेन्ने काम गर्ने गरेको प्रहरीको भनाई छ । 
२ वर्ष जेल सजाय पाएर पनि अधिकारी पुनः किन त्यही पेशामा लागे त ? लागु औषध नियन्त्रण ब्यूरोका डीएसपी अपिल बोहोरा भन्छन्, “उनी धेरै पढेलेखेका पनि छैनन् । तर पनि उसलाई हेर्दा धेरै पढेलेखेको र राम्रो काम गर्नेरहेछ भन्ने लाग्छ । लागुऔषधका होलसेलर व्यापारी नै रहेछ । त्यसैले पनि सुध्रिन सकेन ।”
लागुऔषधको कारोबार गर्ने कैयौं जेल बसेर छुटेपछि अधिकारी जस्तै पुनः उही कारोबारमा फर्किन्छन् । २ वर्ष जेल सजाय भुक्तान गरी पुनः पक्राउ परेका अधिकारीले कम लगानीमा धेरै मुनाफा हुने भएका कारण लागुऔषध बेच्ने गरेको बयान दिएका छन् । 
“५ सयमा किनेर १२ सयमा बेच्न सकिन्छ,” अधिकारीले दिएको बयान उद्धृत गर्दै प्रहरीले भन्यो, “ कहिलेकाँही १५ सयमा पनि विक्रि गर्न सकिन्छ, मलाई यो व्यापार फाप्यो, त्यसैले छाड्न सकिनँ । तर फसेँ ।”
अधिकारी ४–५ वर्ष यता देखि लागुऔषध विक्रिवितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीलाई ब्यूरोले हिरासतमा राखि थप अनुसन्धान अघि बढाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७३  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro