site stats
बाह्रखरी :: Baahrakhari
देश
अब ड्रोनबाटै ट्राफिक निगरानी !

ट्राफिक प्रहरीले सडकमा हुने सवारी अस्तवस्त व्यवस्थापन गर्न र सवारी चापलाई निगरानी गर्न मानव रहित हवाइयान (ड्रोन)मार्फत सडकको अवस्थाको निगरानी गर्ने भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखि काठमाडौंका मुख्य चोक तथा सडकमा ड्रोन उडाएर ट्राफिक निगरानी गर्न लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पटक–पटकको परीक्षणपछि ड्रोनको सहयोगले सडक ब्यावस्थापन गर्न सहज हुने भएका कारण महाशाखाले ड्रोन प्रयोगमा ल्याएको हो । 

यसको सुरुवात महाशाखाले मंगलबार काठमाडौंको थापाथलीबाट गरेको हो । 

“सडकमा कति र कतासम्म सवारी जाम र जाम कसरी भएको छ भन्ने कुरा पत्ता लगाउन ट्राफिक सडकभरी चहार्नुपर्ने हुन्छ, यस्तो वेला ड्रोन उडाएर भिडियो÷ फोटो लिने र तत्कालै फिल्डमा खटिएका ट्राफिक प्रहरीले निणर्य लिएर ट्राफिक व्यवस्थापन गर्न सहज हुने भएका कारण ड्रोन मार्फत निगरानी गर्ने निणर्यमा पुगेका हौं,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले बाहखरीसँग भने, “जसरी प्रहरीले भीआईपीहरूको

सवारीका बेला ड्रोन मार्फत सुरक्षा निगरानी गर्छ त्यसरी नै ट्राफिक प्रहरीले पनि सडक व्यवस्थापन गर्न चालक विनाको हवाइयान अर्थात ड्रोन प्रयोगमा ल्याएको हो ।”

“कहाँ कसरी जाम भएको छ, कुन क्षेत्रमा सवारी चाप छ, त्यो कुरा पत्ता लगाउन अहिले ट्राफिक प्रहरीनै खटिनु परेको छ, अव यो सबै काम हामी ड्रोन मार्फत निगरानी गर्ने तयारीमा छौं, यसले गर्दा सडक जामको व्यवस्थापनसँगै जनशक्तिको पनि बचत हुन्छ,” डीआईजी अर्यालले थपे । 

उनका अनुसार ट्राफिक प्रहरीले सडकको अवस्था र सवारीको चाप हेरेर काठमाडौंका अति व्यस्त सडक र चोक चोकमा ड्रोन उडाउने छ, र ड्रोनको रिपोर्ट हेरेर सडकमा ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १७:४२
प्रतिक्रिया दिनुहोस्