site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्पको दाबीले फेल खायो, न्युयोर्क टाइम्सका ग्राहक एक हप्तामा ४१ हजार बढे
काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको दिनयता त्यहाँको चर्चित पत्रिका ‘दि न्युयोर्क टाइम्स’ को पेड सब्सक्राइबर बढेको पत्रिकाले बताएकोे समाचार संस्था एपीले जनाएको छ ।
यसअघि गत आइतबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध ‘दि न्यु योर्क टाइम्स’ धेरै कमजोर तथा अत्यन्तै असत्य कभरेज गरेकोले हजारौं ग्राहक गुमाएको भन्दै ट्वीट गरेका थिए ।
राष्ट्रपति निर्वाचित भएपछि उनले ६ पटक उक्त पत्रिकाको बारेमा ट्वीट गरेको बताइएको छ । तर, ट्रम्पले आफ्नो बारेमा ‘असत्य र कमजोर रिपोर्टिङ’ गरेको ट्वीटरमार्फत आरोप लगाए पनि सो पत्रिकाले आफ्ना पेड सब्सक्राइबर बढेको दाबी गरेको छ ।
‘दि न्यु योर्क टाइम्स’ ले चुनावको दिन पछिको एक हप्तामा प्रिन्ट तथा अनलाइन गरी ४१ हजार ग्राहकहरु बढेका बताएको छ ।
उसका अनुसार यो सन् २०११ पछाडि एक हप्तामा वृद्धि भएको सबैभन्दा धेरै ग्राहकको संख्या हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro