site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्माण आयोजनाको म्याद थप्न कानुनमन्त्रीलाई आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकसँग विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचन नेतृत्वमा आएको टोलीले बिहीबार मन्त्री नायक समक्ष महासंघले निर्माण आयोजनाहरुको म्याद १ वर्ष थप गर्नुपर्ने, सार्वजनिक खरिद नियमावली, २०६४ को संशोधनका लागि पहल गर्नुपर्ने, मूल्य समायोजन तथा क्षतिपूर्तिको व्यवस्थाका लागि आवश्यक पहल गर्नुपर्ने लगायतका माग राखेको हो ।  
महासंघले मन्त्री नायकलाई विकासका कामलाई द्रुत गतीमा अघि बढाउन स्वायत्त र गतिशील निर्माण बोर्डको गठनका लागि निर्माण व्यवसाय विकास परिषद्मार्फत पहल गरिदिन र आयोजनाहरुमा आवश्यक सुरक्षाका लागि पहल गरिदिन आग्रह गरेको मन्त्री नायकका प्रेस सल्लाहाकार बुद्ध लोप्चनले बताए । 
जवाफमा मन्त्री नायकले महासंघको मागप्रति सरकार सकारात्मक रहेको भन्दै भने, “तपाईहरुको माग सम्बोधनका लागि सरकार सकारात्मक छ, साझा माग सम्बोधनका निम्ति म आफ्नोतर्फबाट पहल गर्छु ।”  
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro