अर्थ व्यवसाय
निर्माणविज्ञसँग अर्घाखाँची सिमेन्टको अन्तरक्रिया

काठमाडौं । अर्घाखाँची सिमेन्टले निर्माणविज्ञ तथा व्यवसायी भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीसँगको सम्बन्धलाई थप मजबुत बनाउन सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ८० जना निर्माणविज्ञ तथा व्यवसायी उपस्थित थिए । कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतिकरण दिइएको थियो ।
गएको साता अर्घाखाँची सिमेन्टले काठमाडांैको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७ १५:५९