site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बैतडी २१ साउन । हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजू नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ । 

खण्डे भारतमा रहेको भनी बझाङ प्रहरीले एक महिना अगाडि दार्चुला प्रहरीलाई खबर गरेको थियो । दार्चुला प्रहरीले शुक्रबार भारतीय प्रहरी समन्वयमा भारतको पिथौरागढ जिल्लाको मुन्सियारीबाट पक्राउ गरेको प्रनाउ खनालले जानकारी दिए। लुकेर रहेका खण्डेलाई दार्चुला प्रहरीले भारतको मुन्सियारीमा लुकेर बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको हो । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement