site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
माछापुच्छ्रे क्रिकेट लिग साउन अन्तिम साताबाट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । माछापुच्छ्रे टि – ट्वान्टी क्रिकेट लिग साउन अन्तिम साताबाट सुरु हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा हुने लिग साउन ३ बाट भदौ १० गतेसम्म पोखरामा हुने भएको हो । 

लिगमा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको सम्पूर्ण खेल माछापुच्छ्रे क्रिकेट क्लबको मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  ।

Prabhu Bank
Agni Group
NIC Asia

लिगको विजेताले ३ लाख पुरस्कार पाउने छन् भने उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्दा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०–१० हजार पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

लिगमा आयोजक माछापुच्छ्रे लायन्स, भीएम वारिअर्स, बाग्लुङ क्यानन, इन्फोम्याटिक्स कलेज, पर्वत टिटान्स र स्यांग्जा सुपर च्यालेन्जर्सको सहभागिता रहने छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement