site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फिजीमा चीन-ताइवानका कूटनीतिज्ञबीचको झगडाले पुन: तनाव
Sarbottam CementSarbottam Cement

फिजी । चीन र ताइवानबीच लामो समयदेखि उत्पन्‍न तनाव बढ्दै गएर कूटनीतिज्ञहरु कुटाकुटमै उत्रिएका छन् ।

फिजीको राजधानी सुभामा ताइवानको राष्ट्रिय दिनको उत्सव मनाउने क्रममा कुटाकुट भएको ताइवानका विदेशमन्त्रालयका प्रवक्ता जोआनी ओउले सीएनएनलाई सोमबार बताएकी छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ दुई कूटनीतिज्ञहरु अनुमति बिना र बिना निमन्त्रणा कार्यक्रममा प्रवेश गर्न खोजेका थिए । उनीहरु कार्यक्रममा उपस्थित अतिथिहरुको तस्बिर लिने र विवरण संकलन गर्न थालेपछि उनीहरुलाई ताइवान कूटनीतिज्ञहरुले रोकेका थिए । 

गेटमा उनीहरुलाई रोकेपछि ताइवानका कुटनीतिज्ञमाथि आक्रमण गरेको ताइवानका अधिकारीहरुले बताएका छन् ।

Global Ime bank

ताइवान र चीनका कुटनीतिज्ञबीच कुटाकुट हुँदा ताइवानका एक कुटनीतिज्ञ घाइते भएको ताइवानको विदेश मन्त्रालयले जनाएको छ । अधिकारीहरुका अनुसार गत अक्टोबर ८ मा यो घटना भएको हो । 

ताइवान आफ्नो भएको दाबी गर्ने चीनले अन्य देशहरुलाई ताइवानलाई बेग्लै देशको दर्जा नदिन चेतावनी दिँदै आएको छ । यद्यपि ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ । चीनले आक्रमण गरेरै भए पनि ताइवान कब्जा गर्ने चेतावनी दिइरहेको छ । - बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement