site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बन्दाबन्दीले ‘छ लेन’ सडक निर्माण  सुस्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कैलाली । सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ‘छ लेन’ सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ । 

तीन वटा प्याकेजमा निर्माणाधीन रहेको यो १४ किलोमिटर लामो सडक आयोजनाको पहिलो प्याकेजअन्तर्गतको काम आगामी मङ्सिरमा र दोस्रो तथा तेस्रो प्याकेजअन्तर्गतको काम आगामी माघ महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । 
  
मोहना पुलदेखि धनगढीको ट्राफिक चोकसम्म पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो र तेस्रो प्याकेजमा राखेर निर्माण भइरहेको छ । यो सडक निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधि (गएको जेठ महिना) सम्ममा निर्माण कार्य पूरा हुन नसकेपछि पछिल्लो पटक निर्माण अवधि केही महिना थपिएको छ ।
   
आयोजनाका प्रमुख होमबहादुर एसीले हाल सडकमा कालोपत्र गर्नेलगायतका कार्य भइरहेको बताए । सडकमा पर्ने स–साना पुलेसाको निर्माण पूरा भइसकेकामा साविकको गेटा नजिक रहेको मनहरा नदी र सुनिखोलामा पर्ने पुल निर्माण ठेक्काको प्रक्रिया गर्ने भने अझै सुरु हुन सकेको छैन । 
 
“बन्दाबन्दीका कारण समयमै पुलको ठेक्का गर्ने कार्य अघि बढ्न सकेन”, आयोजना प्रमुख एसीले भने, “केही महिनापछि ठेक्काको काम पनि अघि बढाउन लागिएको छ ।” 
बन्दाबन्दीका कारण भएको मजदूरको अभावसँगै सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । बन्दाबन्दीले लक्ष्यअनुसार निर्माण कार्यलाई गति दिन नसकिए पनि यो अवधिमा धुलाम्य र हिलाम्य सडक हुने समस्या समाधान गरिएको एसीले बताए ।
  
बन्दाबन्दी सुरु भएसँगै घर गएका अधिकांश कामदार अझैँ नफर्किएको जनाइएको छ । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये शहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ । 

सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो । 
 
यसबाहेक साविकको सडक क्षेत्रका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो । यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् । - रासस
  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय