site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३० लाख बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बिहीबारदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको छ । यो खोप अभियान दुई चरणमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ ।

खोप शाखाका प्रमुख डा. झलक गौतमले दादुरा रुवेला खोप अभियान पहिलो चरणमा फागुन महिनाभर प्रदेश १, २ र ५ नम्बर र दोस्रो चरणमा चैत्रमा वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश सञ्चालन गरिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“पहिलो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो,” उनले भने, “दोस्रो चरणमा ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ जना बालबालिकालाई यो खोप दिइनेछ ।” 

खोप ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दिइने उनले बताए । यो अभियानमा ५ हजार सुपरभाइजर खटाइएको छ भने ५० हजार खोपकेन्द्र सञ्चालन गरेको उनले जानकारी दिए । 
विश्व स्वास्थ्य संगठनले २०२३ मा नेपालबाट यो दादुरा रुवेला उन्मुलन गर्ने लक्ष्य राखेको छ । त्यसै अनुसार यो अभियान सञ्चालन गरिएको शर्माले बताए ।

Global Ime bank

यो अभियानका लागि करिब ५६ करोड खर्च लाग्ने अनुमान गरिएको खोप अधिकृत भरत भण्डारीले बताए । “यो अभियानमा ३ लाख २२ हजार भाइल खोप लाग्नेछ,” उनले भने, “अहिले नेपालमा पोलियोको शून्य अवस्था छ । तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागिएको हो । ” 

तराईका १९ जिल्लाका (चितवन र नवलपरासीलाई बाहेका) अन्य जिल्लाका बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने उनले बताए । केन्द्रीय रूपमा काठमाडौँमा यो अभियानको सुरुवात गरेको छ । भने प्रदेशहरूले पनि आआफ्ना ढंगले अभियानको सुरुवात गर्दैछन् ।

नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो । सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमशः दोस्रो, तेस्रो र चौथो अभियानका रूपमा सञ्चालन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement